नेपाली भाषामा बाइबल प्रकाशन गरी आफ्नो अतुलनिय योगदान दिदै आएको संस्था नेपाल बाइबल सोसाइटीले आफ्नो स्थापनाको ५० औँ वर्ष पुरा गरेको छ , उक्त स्वर्ण जयन्तीको उपलक्षमा नयाँ संशोधित बाइबल समेत बिमोचन गरेको छ । रेभ. डा. सिमोन पाण्डे, डा. बालकृष्ण शर्मा, रेभ. डा. मंगलमान महर्जन लगायत अगुवा पास्टरहरुद्धारा नयाँ संशोधित बाइबल बिमोचन गरीएको हो ।
नेपाल बाइबल सोसाइटीले संस्थालाई यहाँसम्म पुर्याउन आफ्नो अमुल्य योगदान दिएका व्यक्तिहरुलाई सम्मान सहित प्रसंशा पत्र समेत प्रदान गरेका थियो । जसमा संस्थापक तथा निवर्तमान महासचिव रेभ. लोकनाथ मनेन, निवर्तमान अध्यक्ष त्रय रेभ. बिर बहादुर खवास, डा. के.बी. रोकाया, डा. बालकृष्ण शर्मा, निर्वतमा महासचिब पा. नबिन कुमार सुनुवार, निवर्तमान कार्यकारी प्रमुख तेज जिरेल तथा इन्डो चाइना एलान्सका कार्यकारी प्रमुख रेभ. अर्न सोक नेप लगायतका व्यक्तित्वहरुलाई सम्मान तथा कदर पत्र प्रदान गरीएको थियो ।




