120640481_338501934044661_6173910579647153461_n
समाचार

बिनोद याख्खाको निर्देशन तथा छायांकन मा इसाई जगतकै ऎतिहासिक म्युजिक भिडियो (बादलपारी) सार्वजानिक

Share

१७ असोज, काठमाण्डौ। पछिल्लो समय नेपाली इसाई साङ्गितिक क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आईरहेका छन् । यसै सन्दर्भमा बिनोद याक्खाको उत्कृष्ट निर्देशन तथा छायांकन र चर्चित गायिका लिडिया राई को स्वरमा (बादलपारी देश) नामक म्युजिक भिडियो आज शनिबार विहान ७ : ३० बजे रिलिज भएको छ ।

गितमा चर्चित सर्जक किरण राई को शब्द र लय छ भने, संगितकार निरोज लामा को संगित रहेको छ । इसाई आस्थाको वास्तविक कथा बस्तुलाई समेटेर सबैलाई सु-शन्देस दिने उद्देश्यले गितको निमार्ण गरिएको निर्माण पक्षले जानकारी दिएको छ ।

इसाईहरुको मृत्यु पछि पनि जाने ठाँउ छ, जहाँ शान्ति आनन्द छ। त्यहाँ एक दिन हामी सबैजना जानू पर्छ भन्ने कथा बस्तुलाई गितको शब्द र भिडियो मार्फत जस्ताको त्यस्तै देखाउन खोजिएकाले पनि गित निकै उत्कृष्ट र सबै नेपालीले हेर्न लाएकको बनेको बताईएको छ । पछिल्लो समय निकै राम्रो म्युजिक भिडियो निर्देशन तथा छायांकन गरिरहेका निर्देशक याख्खाले सो गितको भिडियोमा आफ्नो निकै राम्रो कलाकौशल देखाएका छन् । गितको म्युजिक भिडियो छायांकनको लागि बिरेन तितुंगले सहायता गर्नुभएको थियो।


उक्त म्युजिक भिडियोमा निकै चर्चित मोडल राजु श्रेष्ठ, वेदना राई , उइनर राई लगायत अन्य थुप्रै कलाकारहरुलाई पनि देख्न सकिन्छ भने नृत्य निर्देशन मन्दिप राना मगरले गर्नुभएको छ । उक्त गित किरण राई युटुव च्यानल मार्फत सार्वजानिक भएको छ।
भिडियो हेर्नुहोस…

प्रतिक्रिया दिनुहोस्

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *