
एलिसा थिङ्ग : कोरोना भाइरसको यो भयावह परिस्थितिले नेपाललाई मात्र हैन सारा संसारलाई नै आत्तंकित बनाई रहेकोबेलामा बाटोमा हामीले हातको औलामा गन्न सकिने सेवाको हृदय भएको मानिस पाएकाछौ । यो समयमा गरिबलाई गरिबीको चिन्ता छ भने धनीलाई विजनेस घाटाको, सेवाको त् हृदय नै हराएको महसुस हुदैछ।
कहिँ कतै मानवताको भावना बाकी देख्छु आगोको झिल्कोको रुपमा त्यो नि सरकारको पारा देख्दा लाग्छ कुन्दीन तेस झिल्को माथि पानि बर्सनेछ । यो प्रकारको परिस्थिति कुन समय सम्म चल्ने हो कुनै ठेगाना छैन, विश्वको स्वाथ्य संगठनले मानव चहल पहल मा पूर्ण रोक लगाउन सल्लाह दिदादिदै पनि पास को भरमा सर्वत्र दगुर्न सफल हाम्रो देशको जनतालाई कुन मालाले बधाई दिउ । अनि पास नभएकालाई भने यो लकडाउन पिजडामा भएको चरालाई झैँ भएकोछ । बाहिरी चहलपहल घरकै चौकोसबाट नियालो अनि लकडाउन खुल्ने आसमा समाचार हेरेर बस्नुनै दैनिकी बनेको छ।

