शालोम नेपाल – परमेश्वर स्वयम् आफै विवाहको आविष्कारक हुनुहुन्छ। जब परमेश्वरले हव्वालाई सृष्टि गर्नुभयो, आदम एकदमै खुसी थिए। तिनीहरू यस कुरामा स्पष्ट थिए कि दुवै एक अर्काको निम्ति बनिएका हुन् । निष्कर्ष यस्तो छ: “यसकारण मानिसले आफ्ना बाबु र आमालाई छोडछ र आफ्नी पत्नीसँग मिलिरहन्छ, र तिनीहरू एउटै शरीर हुन्छन्“ (उत्पत्ति २:२४)। ‘एक शरीर’ ले यौन एकतालाई जनाउँछ, र विवाहमा पति र पत्नीको बीचको गहिरा आध्यात्मिक एकतालाई पनि। यी दुई कुराहरु सँगै जान्छ। यौन विवाहको लागि हो, र विवाह यौनका लागि हो।
यौन सम्बन्ध परमेश्वरको अद्भुत सृष्टिको एक अंश हो।
यौन परमेश्वरको अद्भुत सृष्टिको अंश भएको हुनाले यसलाई परमेश्वरले बनाउनुभएको तरिकामा आनन्द लिनुपर्दछ: त्यो हो, विवाहको बन्धनमा। जुनकुराहरुको बारेमा हामीलाई बाइबलले स्पष्ट रुपमा बताएको छ।
यदि हामि पवित्र धर्मशात्र बाइबलको बाँकी भागमा हेर्छौ भने, परमेश्वरको योजना (विवाहलाई रमाइलोको रूपमा लिनुपर्दछ) जहिले पनि । यो विशेष गरी एक अविवाहित कुमारीको साथ सुत्न एक पुरुषले तिर्नु पर्ने जरिवानाबाट प्रस्ट हुन्छ (प्रस्थान २२:१६-१७) र विवाहको रात एक महिला कुमारी हुनुपर्दछ भन्ने आवश्यकताबाट पनि (व्यवस्था २२:१३-२१) ।
विवाह अघिको यौन सम्बन्ध पाप हो।
नयाँ नियमले यो पनि प्रस्ट पार्दछ कि विवाह अघि यौन सम्बन्ध राख्नु पाप हो। मर्कूस ७:२१ मा, येशू ख्रीष्टले पापहरूको सूचीमा ‘अनैतिकत यौन सम्बन्ध’ र ‘व्यभिचार‘ लाई समावेश गर्नुभयो। १ कोरिन्थी ७:२ मा पावलले यस्तो भन्दछ: “तर व्यभिचारसम्बन्धि परिक्षा अनेक भएका हुनाले हरेक मानिसको आफ्नै पत्नी होस्, र हरेक स्त्रीको पनि आफ्नै पति होस् ।” त्यसोभए यदि तपाईं यौन सम्बन्ध राख्न चाहानुहुन्छ भने, यौन अनैतिकतामा नपर्नुको एक मात्र तरीका छ त्यो हो: आफ्नो पति र पत्नी हुनु।
विवाह भित्रको यौन सम्बन्धको बारेमा सकारात्मक दृष्टिकोण
यद्यपि, बाइबलले वैवाहिक जीवनमा यौनप्रति सकारात्मक दृष्टिकोण राखेको छ। श्रेष्ठगीत को पुस्तकले पुरुष र महिला बिचको एक अर्काको चाहनाको बारेमा सकारात्मक बोल्दछ। यौन सम्बन्ध लुक्न हुँदैन किनभने यो फोहोर हो, तर यसलाई सुरक्षित गर्नुपर्दछ किनकि यो बहुमूल्य छ। विवाहमा यो अनमोल उपहारको लागि परमेश्वरले हामीलाई दिनुभएको सुरक्षा हो। हिब्रू १३:४ ले हामीलाई उत्साह दिदछ कि, “सबैका बीचमा विवाहचाहि आदरणीय होस्, वैवाहिक सम्बन्ध नबिटुलिओस ।”
हाम्रो आफ्नै ईच्छा भन्दा ईश्वरीय नियम र योजनाहरू पछ्याउनु नै हाम्रो ईसाइ वैवाहिक जीवनको दीर्घकालीन सुखको लागि उत्तम उपाय हो। जसद्व्रारा परमेश्वोरको महिमा हुनको साथै, मानिसको जिवनमा आशिष र सुरक्षा मिल्ने छ।


