शालोम नेपाल – आज भन्दा दुई हजार वर्ष पहिले, शैतानको हातबाट हामी मानिस जातिलाई छुटकारा दिन, प्रभु येशू क्रूसमा टाँगिनुभयो र मानवजातिको पापहरूको लागि बलिदान हुनुभयो, जसले हाम्रा सबै पापहरू क्षमा गर्यो। तर जब हामी पाप गर्छौं, तब हामी पश्चताप गर्छौं र प्रभुमा हाम्रा पापहरू स्वीकार गर्छौं भने हाम्रा पापहरू क्षमा हुन्छन्, र हामी शान्ति र आनन्दको आनन्द लिन्छौं। तर अझैपनि केही प्रभुका जनहरू अलमल्लमा परेका छन्: हाम्रा पापहरू प्रभुले क्षमा गर्नुभएतापनि पापको बन्धनबाट हामी कहिल्यै उम्कन सकेनौं, हामी प्राय: झूट बोल्छौं र धोका दिन्छौं, हामी पाप स्वीकार गर्ने चक्रमा फसेका छौं, र हामी प्रभुका शिक्षाहरू पालन गर्न सक्दैनौं। बाइबलले स्पष्ट रूपमा हामीलाई भनेको छ, “किनकि यदि सत्यताको ज्ञान पाएर पनि हामीले जानाजानी पाप गर्यौ भने पापको निम्ति अब उसो अरू कुनै बलिदान रहदैन” (हिब्रू १०:२६)। हामीलाई थाहा छ कि हाम्रो कार्यहरू परमेश्वरको इच्छा विपरीत हो भन्ने कुराको बाबजुद पनि अझै हामी अनैच्छिक रूपमा पाप गरिरहेका हुन्छौं, र यदि हामी परिवर्तन नभई पश्चाताप मात्र गर्छौं भने, हाम्रो पापहरूको लागि गरिएको बलिदान बेकार हो। सजिलो भाषामा केहि प्रभुका जनाले यसरि बुझेका छन् कि, जब प्रभु आउनुहुन्छ, तब हामी साँच्चिकै स्वर्गको राज्यमा उठाइ लगिनेछौ ? यो भन्दा नि त्यहाँ केही भाइबहिनीहरू पनि छन् जसले विश्वास गर्छन् कि हामी प्रायः पाप गर्दछौं, प्रभुले हाम्रा पापहरू क्षमा गर्नुभयो र हामीलाई उहाले अब पापीको रूपमा हेर्नुहुन्न, र जब प्रभु फर्कनुहुन्छ, हामी स्वर्गको राज्यमा उठाइ लगिनेछौं ! त्यसोभए, के हामी स्वर्गको राज्यमा उठाइ लगिनेछौं?
दाजुभाइ दिदीबहिनीहरू, सर्वप्रथम हामीले यो जान्नुपर्दछ, हो प्रभु येशूले हाम्रो पापहरू क्षमा गर्नुहुन्छ भन्ने कुरा सत्य छ, तर बाइबलले यो बताउँछ कि परमप्रभुले भन्नुभएको छ, “यसैकारण तिमीहरू पवित्र होओ, किनकि म पवित्र छु” (लेवी ११:४५)। प्रभु येशूले भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, पाप गर्ने प्रत्येक पापको कमारो हो। कमारो सधैभरि घरमा रहदैन, तर पुत्रचाहि सदैभरि घरमा रहन्छ “(यूहन्ना ८:३४ –३५)। परमेश्वर पवित्र र धर्मी हुनुहुन्छ, प्रदूषित र भ्रष्ट मानिसहरूलाई उहाँको राज्यमा रहन परमेश्वरले अनुमति दिनुहुन्न, त्यसैले हामी पापबाट जोगिएर शुद्ध बनेको परमेश्वर चाहनुहुन्छ। शुद्धिकरण गरेर मात्र हामी स्वर्गको राज्यमा प्रवेश गर्न सक्दछौं। हामीजस्ता व्यक्तिहरू जसले लगातार पाप गरिरहन्छन् र परमेश्वोरको विरोध गर्दछ भने कसरी स्वर्गको राज्यमा प्रवेश गर्न सक्दछन्?
हामीलाई थाहा छ, यो अनुग्रहको युगमा प्रभु येशूको छुटकाराको कार्यले हामीले गरेका पापहरू क्षमा भयो प्रभुले अब हामीलाई पापीको रूपमा व्यवहार गर्नुहुदैन । यदि हामीले पाप गरेका छौं भने, हामी प्रभु येशूको नाममा प्रार्थना गर्न सक्छौं र पश्चात्ताप गर्न सक्दछौं, र हाम्रा पापहरू क्षमा हुनेछन्, र हामीलाई व्यवस्थाद्वारा दोषी वा सजाय दिइने छैन। यो नै प्रभु येशूको छुटकाराको कामको सही अर्थ हो। तर प्रभु येशूले हाम्रो पाप मात्र क्षमा गर्नुभयो। अहंकार, स्वार्थ, छल र दुष्ट जस्ता हाम्रा शैतानी स्वभावलाई प्रभुले क्षमा गर्नुभएन। यो पाप भन्दा गहिरा र अधिक भ्रष्ट कुरा हो। हामि भित्र भएको दुष्ट शैतानको स्वभावको समस्यालाई समाधान नगरे, हामी अझै पनि परमेश्वर विरुद्ध पाप गर्न सक्नेछौं, र कानून तोडने भन्दा पनि अझ ठूलो पाप गर्न सक्छौं। उदाहरणका लागि, जसरी हामी आफ्ना सहकर्मीहरूसँग प्रभुको सेवा गर्दछौं, हामी पनि प्रतिस्पर्धा, संघर्षमयी र ईर्ष्यालु हुन्छौं। वा, जब हामी बिरामी हुन्छौं, हाम्रो परिवारहरूले काम कसरी गर्नुपर्दछ भन्ने हाम्रो धारणा अनुसार चल्दैनन्, हामी विद्रोह र परमेश्वरको विरोध गर्दछौ, र परमेश्वरलाई इन्कार गर्दै धोका दिन सक्छौं। यद्यपि हामी परमेश्वरमा विश्वास गर्छौं र ईश्वरको नाममा उहाँको अनुसरण गर्छौं, तर जब हामी कठिनाइहरूको सामना गर्छौं, हामी प्रभुका वचनहरूमा उत्तर खोज्दैनौं अनि प्रभुका वचनहरू पालन गर्दैनौं, बरु मानिसहरूलाई सुन्छौं र उनीहरूको कुराहरू पालन गर्दछौं, तब उक्त समयमा हाम्रो हृदयमा परमेश्वोरको लागि कुनै ठाउँ हुँदैन। हामी जस्ता मान्छेहरू केवल प्रभु येशूद्वारा छुटकारा पाएका छौं, तर हाम्रो शैतानी प्रकृति अझै पनि हामीभित्रै समेटिएको छ। त्यसो हो भने पापबाट कहिल्यै उम्कन नपाउनेहरू कसरी प्रभुबाट सीधै उठाईएर स्वर्गको राज्यमा प्रवेश गर्न योग्यको हुन सक्दछौं? हामीलाई थाहा छ कि प्रभु येशूको छुटकाराको कार्यले हाम्रा पापहरू क्षमा भएको छ, तर हामी अझै पाप गर्दछौं अनि परमेश्वरको विरोध गर्दछौं र शुद्ध हुँदैनौं भने हामी अझै स्वर्गको राज्यमा प्रवेश गर्न सक्दैनौं।

जब हामी “येशू ख्रीष्टको छुटकारा” को वास्तविक महत्त्व बुझ्छौं, तब हामी देख्न सक्छौं कि मुक्ति पाउन र स्वर्गको राज्यमा प्रवेश गर्न, मानिसजातिलाई पूर्ण रूपमा परिवर्तन र शुद्ध हुन आवश्यक छ। बाइबल भन्छ, “त्यसरी ख्रीष्ट पनि धेरै जनाका पाप बोक्नलाई एकै पल्ट बलि हुनुभयो, र उहाँ दोस्रो पल्ट देखा पर्नुहुनेछ “(हिब्रू ९:२८)। “किनभने न्याय परमेश्वोरकै परिवारबाट शुरू हुने समय आइसकेको छ“ (१ पत्रुस ४:१७)। प्रभु येशूले भन्नुभयो, “मलाई इन्कार गर्ने र मेरा वाणी ग्रहण नगर्नेको लागि एउटा न्यायाधिश छन्। जो वचन मैले बोले त्यसैले अन्त्यको दिनमा त्यसको न्याय गर्नेछ” (यूहन्ना १२:४८)। “मैले तिमीहरूलाई भन्ने कुरा अझ धेरै छन्, तर अहिले तिमीहरू ति कुरा सहन सक्दैनौ । जब उहा, अर्थात सत्यका आत्मा आउँनुहुनेछ, तब उहाँले तिमीहरूलाई सबै सत्यतामा डोर्याउनुहुनेछ, उहाँ आफ्नो तर्फबाट बोल्नुहुनेछैन। उहाँ जे सुन्नुहुन्छ, त्यहि बोल्नुहुनेछ, र हुन आउने कुराहरू तिमीहरूलाई घोषणा गरिदिनुहुनेछ” (यूहन्ना 16:१२-१३)। प्रभु येशूका वचनहरू स्पष्ट छन्। किनकि अनुग्रहको युगमा भ्रष्ट मानिसजातिलाई पूर्ण रूपमा बचाउनको लागि आवश्यक सबै सत्यताहरू दिनुभएन। अन्तिम दिनहरूमा, प्रभु येशू नयाँ शब्दहरू बोल्न आउनुहुनेछ र हाम्रो पापलाई पूर्णरूपले हटाउन र हामीलाई पापको बन्धनबाट स्वतन्त्र पार्न न्याय र दण्डको काम गर्नुहुनेछ, ताकि हामी स्वर्गको राज्यमा प्रवेश गर्न सकौ ।
माथिको सम्बन्धबाट हामी बुझ्छौं कि प्रभु येशूको छुटकाराको कामलाई स्वीकार गर्दा मात्र हाम्रो पापहरू क्षमा हुन्छ र पापको बन्धनबाट पूर्णतया स्वतन्त्र भई स्वर्गको राज्यमा प्रवेश गर्न हामीले अन्तको दिनमा पनि परमेश्वरको न्यायको अनुभव गर्नुपर्दछ।
परमेश्वरको आनन्दको आशिष लिनुहोस्।

