LRM_EXPORT_20200515_151539
समाचार

नाकामा सेनाको सुरक्षा सहित भोलिदेखि उपत्यकामा निषेधाज्ञा केहि खुकुलो

Share

२४ भदौ, काठमाडौं । गत ३ हप्ता देखि कडा गरिएको निषेधाज्ञा भोलि देखि केहि खुकुलो हुने भएको छ। काठमाडौं, भक्तपुर र ललितपुर क्षेत्रका मेयरहरुले निषेधाज्ञा खुकुलो बनाउन सुझाव दिएका छन्।

यसैगरी १६ सिटको क्षमता भन्दा माथि को यातायात सञ्चालनमा जोरबिजोर प्रणाली लागू गर्न समेत सुझाव दिएका छन्, जुन निजि सवारी साधनमा समेत लागु हुनेछ।

तर काठमाडौँ भित्रिने र बाहिरिने सबै नाकाको आवागमनमा भने थप कडाई गर्नसमेत सरकारलाई मेयरहरुको फोरमले सुझाब दिएको छ। निषेधाज्ञा खुकुलो बनाउँदा सुरक्षा सतर्कता र स्वास्थ्य सुरक्षा मापदण्ड कार्यान्वयनमा भने कडाइ गर्नुपर्ने निष्कर्ष निकालेको फोरममा सचिव तथा मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए।

साथै फोरमले बिहीबारदेखि उपत्यकाको वडा कार्यालयबाट हुने सेवा सञ्चालन गर्ने निर्णय पनि गरेको छ।

प्रतिक्रिया दिनुहोस्

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *