वाचडग विचार / ब्लग

महासचिव डिल्लीरामले हित विपरीत काम गरेकाले मण्डलीले गर्यो निष्कासन

Share

NCS को महासचिव चर्च प्लान्टिङ को तालिम दिदै हिड्ने, नेपालभरको चर्चहरूमा भएको समस्या सुल्झाउन लागि पर्ने व्यक्तिको नै चर्च फुट्दा कस्तो सन्देश दिन्छ ?

मण्डली फुट्नु इसाइ इतिहासमा अनौठो कुरा होइन । मण्डली फुट्नुको ३ प्रमुख कारणहरू
1) सम्पत्ति (रुपैया पैसा)
2) व्यक्तिवादी ( सान, मान, पद)
3) सिद्धान्त (बाइबल विपरित)
तीन नम्बरमा रहेको बाइबलिय सिद्धान्त नमिलेको कारण मण्डली फुट्नु एकदमै असल हो तर धेरै जस्तो मण्डलीहरू रूपैया, पैसा, सम्पत्ति विवाद र व्यक्तिवादी प्रवृति वा आफ्नो स्वार्थको लागि एकले अर्काको अस्तित्व स्विकार्न नसकेको कारण फुट्ने गर्छन् ।

मण्डली ख्रीष्टको शरीर र दुलही हो । पास्टरिय सेवाकाइ भनेको ख्रीष्टको दुलहीलाई सजाउने, सुसज्जित गर्ने, सुरक्षित राख्ने,र आउनेवाला दुलहाको निम्ति दुलहीलाई सौर्न्दर्यता दिलाउने जिम्मेवारी हो ।

केही नेपाली र अङ्ग्रेजी बाइबलमा गोठालाहरू (Shepherds) को सट्टामा पास्‍टरहरू लेखिएको छ। अङ्ग्रेजी भाषामा भेड़ाहरूलाई हेरचाह गर्ने मानिसलाई गोठाला (Shepherd) र पास्‍टर (Pastor) पनि भनिन्‍छ। वास्‍तवमा यी दुई शब्‍दले एउटै अर्थ दिन्‍छ । अहिले Shepherd भन्‍ने शब्‍द साधारणतया भेड़ाहरू हेर्नेलाई भनिन्‍छ भने Pastor भन्‍ने शब्‍द मण्‍डली चलाउनेलाई भनिन्‍छ। ग्रीक र हिब्रू भाषामा पनि एउटै शब्‍द गोठालो छ।

पास्टर पद होइन सेवा हो । दिनरात आफ्नो जिम्मामा भएको विश्वासीहरूको हेरचाह गर्नु, बाइबलबाट आत्मिक शिक्षा सिकाउनु र सिकाउने मात्रै होइन तर आफुले पनि नमूनाको जीवन जिउनु चाँहि पास्टरिय सेवा हो ।

पास्टरको काम भनेको मण्डलीको हेरचाह गर्ने हो । मण्डली भन्दा बाहिर समय दिएर, भए भरको संस्थाहरूमा समय दिने , १० ठाँउमा डुल्ने, विदेशी घुमाउने, मिसनेरीको पुच्छर लाग्ने, समाज सेवा गर्ने, चर्च बाहिरको विभिन्न संगति र संगठनमा र मिसनमा कुद्ने । भए भरको सबैमा मिसन र मिनिष्टिमा बस्नुपर्ने किन ? दुबै हातमा लड्डू चाहिने ? आज धेरै मण्डलीहरू फुट्नुको मुख्य कारण यहि नै हो ।

नेपालको खीष्टियन समुदायको अभिभावक संस्था नेपाल ख्रीष्टियन समाज (NCS) का महासचिव डिल्लीराम पाैडेल र पा.गोरख ब. राई बीच व्यक्तिवादी प्रवृतिका कारण अन्तत प्रसुन प्रेरितिय मण्डली बागडोल पनि फुटेको छ ।
NCS को महासचिव चर्च प्लान्टिङ को तालिम दिदै हिड्ने, नेपालभरको चर्चहरूमा भएको समस्या सुल्झाउन लागि पर्ने व्यक्तिको नै चर्च फुट्दा कस्तो सन्देश दिन्छ ?

पा. डिल्लीराम पाैडेल र पा.गोरख ब. राई बीचको द्वन्द्वको कारण 3 ठाँउमा मण्डली विभाजन हुँदा यसले साधारण विश्वासीहरुमा कस्तो असर पर्छ ? अहिले १५० जना विश्वासीहरू ३ धारमा विभाजन भएको छ । पहिलो पक्ष पा.गोरख ब. राई, दोस्रो पक्ष डिल्लीराम पाैडेल र तेस्रो पक्ष यि दुबैसंग संगति नगर्ने समुहमा विभाजन भएको छ । पा. डिल्लीराम पाैडेलको नाममा मात्रै २० भन्दा धेरै संस्थाहरू छन् । नेपालमा कोरियन मिसनरीहरू भित्र्याउनमा उनको श्रीमतीको हात रहेको छ । उनको श्रीमतीको इसारामा कोरियन मिसनरीहरू नाच्ने गर्छन् । चर्च र विश्वासीलाइ भन्दा संस्थामा बेस्त हुने व्यक्तिलाइ पास्टर किन हुनु पर्यो ? संस्था नै चलाएर बस्नु पर्नेलाइ चर्च र पास्टरिय पदको आवश्यकता किन पर्यो ? मण्डली विभाजन गरी नयाँ चर्च नै सुरू गरेपछि विश्वासीहरूको हेरचाह गरेर बस्नु पर्ने होइन र ? कि कोरियन श्रीमतीको रिमोटमा चल्दैछन् ? के यो पास्टरिय सेवाकाइको दुरुपयोग होइन र ?

यस्ता घटनाले साधरण विश्वासीहरूमा कस्तो असर पर्छ ? एक आपसमा आरोप प्रत्यारोप, र अस्तित्वको होडबाजी गर्दा के हुन्छ ? विश्वासीहरूको येशूप्रतिको विश्वास नै अलग हुने अवस्थाको जिम्मा कसले लिन्छ ? केहि व्यक्तिहरू चर्च नै जान छोडेका छन् यस्को जिम्मा कसले लिन्छ ? अगुवाहरूको मनमुटावको नतिजा विश्वासीहरूले भोग्नु कत्तिको न्यायसंगत छ ? प्रेमको प्रचार गर्नेहरूमा प्रेम खोइ ? एउटै चर्च कित्ताकाट गरेर सेवाकाइ गर्नुपर्ने ? नयाँ पुस्ताहरूले के सिक्छन् ? यि प्रश्नहरू दुइ पास्टरकोलागि ।
प्रेमको जीवन नै सर्वोत्तम सुसमाचार प्रचार हो ।

तिमीहरूको रेखदेखमा राखिएको परमेश्‍वरका बगालको हेरचाह गर। करले होइन तर स्‍वेच्‍छाले, धनको लोभले होइन तर उत्‍साहसाथ, तिमीहरूको जिम्‍मामा रहेकाहरूमाथि अधिकार जमाएर होइन, तर बगालको निम्‍ति उदाहरण भएर। जब मूल गोठालो प्रकट हुनुहुनेछ, तब तिमीहरूले महिमाको नओइलाउने मुकुट प्राप्‍त गर्नेछौ। – 1 पत्रुस 5:2-4

श्री डिल्ली राम पाैडेलले मण्डलीको हित विपरीत काम गरेकोले मण्डलीबाट निष्कासन गरिएको पत्र पढ्नुहोस् ।

श्री डिल्ली राम पाैडेलले मण्डलीको हित विपरीत काम गरेकोले मण्डलीबाट निष्कासन गरिएको पत्र

युवाहरु बिदेशिन वाध्य छन, NCS ले 25 वर्ष सम्ममा के गर्यो ? भिडियो हेर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *