Trending ग्यालरी विचार / ब्लग समाचार

चर्चको कित्ताकाट् गर्दै वरिष्ट पास्टरहरू – भवन नै टुक्रा पारियो

Share

ललितपुर । नखिपोट लोहाचोक स्थित नवोदय चर्चमा पास्टरहरू बिचमा आपसी मतभेत र असहमत भएका कारण चर्च भवन नै फुटाएर भागबण्डा गरिएको छ । नेपालमा चर्चहरू फुट्नु र भागबण्डा हुनु नाैलो कुरा होइन तर बेमेलका कारण बनिसकेको चर्च भवन नै फुटाएर भागबण्डा हुनुले पास्टरिय सेवाकाइमाथि नै प्रश्न खडा भएको छ ।

३७५.५९ र ३८१.५५ ब.मी क्षेत्रफल भएको जग्गा पास्टर एलिया प्रधान र पास्टर तेज जिरेलकी श्रीमती ज्योतिमाया लामा र भगवती घलेको नाममा छ । विश्वासीहरूले मिलेर परमेश्वरको नाममा किनेको जग्गामा बनेको चर्च भवन भागबण्डाको कारण भत्काइदैछ छ । चर्चको जग्गा व्यक्तिगत नाममा राख्नेले भागबण्डा हुँदा चर्च भवन आधा-आधा पार्नुपर्ने बाध्यता सृजना भएको छ। “अग्रज पास्टरहरूको यस्तो व्यवहारले विश्वासीहरू निरास भएको र पक्ष विपक्ष हुदा साक्षी विग्रिएको” एक सदस्यले शालोम नेपाललाइ  बताएका छन् र अर्का एक अगुवाले यसको दीर्घकालीन समाधान नखोजे सम्म चर्चको सम्पत्ती भागबण्डाको जोखिम रहिरहने बताएका छन् । गल्ति जुनसुकै पक्षको भएतापनि चर्च भवन नै टुक्रा पार्नुले नेपाली इसाइ समुदायमा कस्तो छाप दिन्छ त्यो भने भविष्यले देखाउने छ ।  प्रेम, क्षमा र एकता प्रचार गर्नेहरू पास्टरहरूबाट नै यस्ता क्रियाकलाप हुनुले चर्चको सम्पत्तिहरू असुरक्षित छन् ।

समाधान के त ?

नेपालको संविधान धारा २६ को २ अधिकारलाई प्रयोग गर्दै आफ्नो आस्था अनुसारको गुठी दर्ता गरी सञ्चालन गर्ने व्यवस्था बन्यो । मुलुकी देवानी संहिता २०७४ को गुठि सम्बन्धि व्यवस्था गरेको छ । त्यहि देवानी संहिताको परिच्छेद ६ मा गुठी सम्बन्धी व्यवस्था बमोजिमको गुठी दर्ता गर्न नेपाल सरकारबाट २०७७ दर्ता गर्ने प्रावधान बनेको छ । “गुठी दर्ता सम्बन्धी निर्देशन २०७७ ” ७७ जिल्लाको मालमोत कार्यलयका अधिकृतहरूमा निर्देशन जारिएको छ । त्यसै अनुरूप नेपालमा भएका चर्चहरू सार्वजनिक गुठीमा गएर सम्पूर्ण सम्पत्तीको सुरक्षा गर्न सकिन्छ ।

नवोदय चर्च भवन भत्काउँदै गर्दाको तस्विरहरू

 

भत्काउनु अगाडिको फोटो
                                                            भत्काउनु अगाडिको फोटो

   “गुठी दर्ता सम्बन्धी निर्देशन २०७७ ” पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस्

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *