समाचार

” नेपाली चर्च रोमानिया “ को चाैथो वार्षिकत्सव

Share

बुकरेस्ट । पछिल्लो समय रोमानिया नेपाली श्रमिकको नयाँ गन्तव्य बन्दै छ । रोमानियामा नेपाली इसाइहरूकोलागि आफ्नै भाषामा संगति गर्ने उदेश्यले स्थापित ” नेपाली चर्च रोमानिया “ले आफ्नो चाैथो वार्षिकत्सव सम्पन्न गरेको छ ।
सेप्टेम्वर २९ को दिन राजधानी बुकरेस्टमा एक कार्यक्रमबिच वार्षिकत्सव सम्पन्न गरिएको छ । उद्धव श्रेष्ठ (प्रार्थना अगुवा) ज्यू ले संचालन तथा सुरुको प्रार्थना गर्नु भएर कार्यक्रममा लेख थापा मगर (युवा तथा संगीत झुण्ड अगुवा) ले आराधनामा डोर्याउदै, सह पास्टर रूथ आले ज्यूले “Holy Ambition: Reach the Unreached” (Romans. 15:20) – पवित्र महत्वकांक्षा: अपरिचित सम्म पुग्नुहोस् (रोमी. १५:२० ) बाट विशेष प्रवचन प्रचार गर्नु भएको थियो । साथै एल्डर बिजय गुरूङले चर्चको इतिहास र वार्षिक परियोजना बारे प्रस्ट पार्नुभएको थियो । मण्डलीका पा. बोअज आले ज्यूबाट भिडियो मार्फत सन्देश दिनुभएको थियो भने पा.दान क्यानडा, बुकरेष्ट नेपाली चर्च, बुकरेस्ट (अगुवा प्रदीप परियार), ब्रासोभ नेपाली चर्च, ब्रासोभ (पास्टर दिपक श्रेष्ठ) लगाएत विभिन्न मण्डलीहरूबाट पनि सुभकामना व्यक्त गरिएको थियो । छिमेकी र स्थानीय मण्डलीबाट विशेष प्रस्तुती भएको थियो ।
नेपालमा बेथेल चर्च हेटाैडा, भारतमा बेथेल चर्च उडिसा,बेथेल चर्च छतिसगड स्थानहरूमा मण्डली स्थापना साथै सहकार्य गर्दै आइरहेको छ ।
नेपाली चर्च रोमानियालाइ कानुनी दर्ता गराउने,आफ्नै मण्डली बनाउने र यूरोपेली संघ अन्तरगतका देशहरूमा नेपाली भाषी मण्डली निमार्ण गर्ने उदेश्य रहेको र भविश्यमा त्यसलाइ पुरा गर्ने लक्ष रहेको जानकारी गराउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *