
अमेरिकामा नेटवर्क बिजनेस भन्दै स्क्यामरहरूलाई चर्च भित्र छिराउने पास्टरहरूलाई एक युवाले चेतावनी दिदै भिडियो सार्वजनिक गरेका छन् ।
उक्त भिडियोमा युवाले “यो एल.एस.एस.सी (LSSC) लाइ हाम्रो भुटानी कम्युनिटीमा छिराउनु हुने आदरणीय पास्टर नविन सुवेदी ज्यूलाई जान्छ । साथसाथै यसलाई धेरै प्रमोट गरेर टेस्ला थापी-थापी यसलाई प्रमाेट गर्नुहुने पास्टर रमेश आलेलाई ताली बजाउनु पर्ने हुन्छ र पास्टर फिलिम थापा अग्रह पास्टर र पास्टर युसुफ कोलम्बर्सबाट टेक दर्नालले उहाँले, उफ्री-उफ्री स्टेजबाट परमेश्वरले हामीलाई दिनुभएको भन्दै प्रभूको नामलाई लिएर उफ्रिएको देखेको थिएँ । साथ साथै हारिस्बर्गको एकदमै प्रख्यात र सुरूमा चर्च स्ट्याब्लिस गर्ने आदरणीय पास्टर सुरेश तामाङ पनि सक्रिय हुनुहुन्थ्यो ……. तपाइले नैतिकताको आधारमा राजीनामा दिनु हुन्न तर आशा र तपाइहरूले आफ्नो विश्वासीहरूसंग माफ चाँहि माग्नु हुन्छ । …..यो बिजनेस सक्सेसफुल हुनुमा LSSC को एजेन्ट बनेर हाम्रा केहि पास्टर लिडरहरू र अगुवासाथीहरूको ठुलो हात रहेको छ । जो कोहिलाइ पनि मण्डलीमा घुसाइदिने…. । यस्तो लुज कुराले मलाइ एकदमै दुख लागेको….. ” कुरा व्यक्त गरेका छन् ।
उक्त भिडियो अनुसार नयाँ लगानीकर्ताहरूको पैसा रोकिएको र ति लिडरहरूले आफ्नो विश्वासीहरूलाई परमेश्वरको नाम लिएर म्यानुपुलेट गरेर उहाँको नाम बदनाम भएको र यो स्क्याम हो भन्दाभन्दा पनि अटेरी गरेको आरोप लगाएका छन् र सचेत रहन आग्रह गरेका छन् ।
सामाजिक संजालमा LSSC बारे चर्चा बढ्दो ।
एक पास्टर तथा सामाजिक प्रयोगकर्ताले यसरी लेखेका छन् ।


भिडियो हेर्नुहोस्
https://www.facebook.com/watch/?v=642538838873114
https://www.facebook.com/goodnewsTVnepal/videos/642538838873114
पछिल्लो समय अमेरिका लगायतका देशहरूमा एउटा नयाँ किसिमको स्कुटर बिजनेस, एलएसएससी (LSSC) र एलएसएसबी (LSSB), चर्च र मण्डलीहरूमा तीव्र गतिमा फैलिँदै गएको छ । सुरुमा आम्दानी कम भएता पनि अहिले यस बिजनेसमा पास्टर, लिडरहरूदेखि लिएर सर्वसाधारण विश्वासीहरूसम्मको सक्रिय सहभागिता देखिएको छ ।
LSSC / LSSB स्कुटर बिजनेस – के हो यो ?
यो स्किम MLM (Multi Level Marketing) ढाँचामा चलेको व्यवसाय हो, जहाँ मान्छेले अन्य मानिसलाई नेटवर्कमा ल्याएर फाइदा पाउँछन्। सुरुवातमा मानिसलाई सस्तो स्कुटर वा इलेक्ट्रिक बाइकको अफर दिइन्छ र साथमा उनीहरूले अरू मानिसहरूलाई जोड्नुपर्ने हुन्छ।
मुख्य अफरहरू
सस्तो स्कुटर/बाइक खरिद “Referral Bonus” कस्ले पाउछ?
- “Top Recruiter” लाई गाडी वा अन्य देशको यात्रा पुरस्कारकोरुपमा दिन्छन • Training events चर्च वा हलहरूमा हुन्छ ।
- पास्टरहरूले आत्मिक प्रचार गर्नुको सट्टा अब व्यापारिक प्रस्तुति गर्न थालेका छन्। धेरै स्थानमा चर्च हलहरू product promotion को ठाउँ बनेका छन्।
चर्चमा प्रभाव र विश्वासीहरूमा लोभ र भ्रम
चर्चमा सेवकाई अब आत्मा जित्ने होइन, ग्राहक खोज्ने माध्यम बनिरहेको छ। पास्टरहरूबाट कल आउँछ — “प्रार्थना गर्न” होइन, “स्कुटर बिजनेसको बारेमा बुझाउन।” ‘व्यापारिक ट्रिक’ ले विश्वास र भरोसाबाट तल खस्ने यो ठूलो खतराको संकेत हो। - सस्तो मूल्य देखाउने तर Quantity Limited राख्ने
- Referral मा जोड दिने
- लिडर बनाउने सपनाको पछि लगाउने
विश्वासीहरूको आवाज: “अब प्रार्थना होइन, प्रस्तुति हुन्छ
“पहिला पास्टरहरू बिरामीहरूका लागि घर-घरमा गई प्रार्थना गर्नुहुन्थ्यो,” एक जना वृद्ध विश्वासी बताउँछन्, “अहिले भने उहाँहरू स्क्रिन साझेदारी गरेर बिजनेस प्लान देखाउनुहुन्छ।” चर्चहरूमा पवित्र आत्माको सन्देशभन्दा व्यवसायिक प्रस्तुतlकरणहरू चल्न थालेको कुरा धेरै विश्वासीले अनुभव गरिरहेका छन्। सिस्टमको रुपमा यस्तो छ। जहाँ जसले धेरै मानिस ल्याउँछ, उसले गाडी वा स्कुटर उपहार पाउँछ। यसले मण्डलीमा प्रतिस्पर्धा, लोभ र विभाजनको बीउ रोपिरहेको छ।
प्रस्न : मण्डलीमा कुन दिशा तर्फ जाँदैछ ? - के पास्टरको भूमिका अब प्रचारक होइन, प्रमोटर बन्न थालेको हो ?
- के चर्च अब पवित्रता र सेवाको होइन, आर्थिक लाभको केन्द्र बनिरहेको हो ?
- के हामीले येशूको सन्देश बिर्सेर स्कुटरको पुरस्कार पछ्याइरहेका छौं त ?
कसैले गाडी पाएको समाचारको तुलनामा, कसैले उद्धार पाएको समाचार स्वर्गमा अझ ठूलो उत्सवको कारण हुन्छ।मण्डलीहरू, अगुवाहरू, र विश्वासीहरूले आज सोच्नुपर्ने बेला आएको छ । “हामी येशूका सेवक हौं कि योजनाका एजेन्ट?”
पैसामा होइन, आत्मिक आधारमा बलियो मण्डली निर्माण गरौं । बाइबलमा यस्तो लेखिएको छ ।
…धनी हुने इच्छा गर्नेहरू परीक्षामा पर्छन्, पासोमा फस्छन् र धेरै अर्थहीन र दुःखदायी इच्छाहरूमा डुब्छन्, जसले मानिसहरूलाई बरबादी र सर्वनाशमा डुबाउँछन्। किनभने रुपियाँपैसाको मोह नै सबै किसिमका खराबीको जड़ हो। पैसाको लोभमा परेर कोही-कोही विश्वासबाट कुमार्गतिर लागेका छन्, र धेरै पीडाले तिनीहरूका हृदय घोचेका छन्।
– 1 तिमोथी 6: 9-10
“संसारलाई वा संसारमा भएका कुनै पनि थोकलाई प्रेम नगर। यदि कुनै मानिसले संसारलाई प्रेम गर्दछ भने पिताको प्रेम त्यसमा हुँदैन। किनकि संसारमा भएका सबै थोक, अर्थात् शरीरको अभिलाषा, आँखाको अभिलाषा, जीवनको शेखी पिताबाट आएका होइनन्, तर संसारबाट आएका हुन् ” – 1 यूहन्ना 2:15–16
“किनकि जहाँ तिम्रो धन हुन्छ, त्यहीँ तिम्रो मन पनि हुन्छ।” – मत्ती 6:21
“कसैले दुई मालिकको सेवा गर्न सक्दैन। किनभने त्यसले एउटालाई घृणा गर्नेछ र अर्कालाई प्रेम गर्नेछ। अथवा त्यसले एउटाप्रति भक्ति राख्नेछ, र अर्कालाई त्यसले तुच्छ ठान्नेछ। तिमीहरूले परमेश्वर र धनको सेवा गर्न सक्दैनौ। – मत्ती 6:24
जब हामी सुसमाचारको साटो बिजनेस फैलाउँछौं, भने हामी स्वर्गको ढोका बन्द गरिरहेका हुन्छौं। नयाँ पुस्तालाई तान्नका लागि हामीले उनीहरूलाई सत्यतर्फ फर्काउने उदाहरण बन्नुपर्छ।

