वाचडग समाचार

विवादका कारण मुख्य वक्ताबाट पा.टेक दर्नाललाई हटाइयो

Share

भुटानी नेपाली चर्चहरूको संयुक्त सम्मेलनबाट मुख्य वक्ताबाट पा.टेक दर्नाललाई हटाइएको छ । सेप्टेम्बर १ मा ओहायोका संयुक्त भुटानी नेपाली चर्चहरू UBNCO ( United Bhutanese Nepalese Churches of Ohio) को सम्मेलन हुदैछ । उक्त सम्मेलनमा मुख्य वक्ता पा. पिटर आचार्य र पा.टेक दर्नाल थिए । पा. दर्नाललाई हटाएर उनको स्थानमा पा. मिसाएल भुजेललाई राखिएको पोस्टर सार्वनजिक गरिएको छ । स्रोतका अनुसार पछिल्लो समयमा LSSC स्कुटर बिजनेसमा पा. टेक दर्नाल विवादित बनेका छन् । LSSC स्कुटर बिजनेसमा पा. टेक लगायत अन्य पास्टरहरूको नाम विवादमा मुछिएको थियो । एक युवाले अमेरिकामा नेटवर्क बिजनेस भन्दै स्क्यामरहरूलाई चर्च भित्र छिराउनेहरू भन्दै पास्टरहरूको नाम सार्वजनिक गर्दै चेतावनी पूर्ण भिडियो सार्वजनिक गरेका थिए ।

उक्त भिडियोमा युवाले “यो एल.एस.एस.सी (LSSC) लाइ हाम्रो भुटानी कम्युनिटीमा छिराउनु हुने आदरणीय पास्टर नविन सुवेदी ज्यूलाई जान्छ । साथसाथै यसलाई धेरै प्रमोट गरेर टेस्ला थापी-थापी यसलाई प्रमाेट गर्नुहुने पास्टर रमेश आलेलाई ताली बजाउनु पर्ने हुन्छ र पास्टर फिलिम थापा अग्रज पास्टर र पास्टर युसुफ कोलम्बर्सबाट टेक दर्नालले उहाँले, उफ्री-उफ्री स्टेजबाट परमेश्वरले हामीलाई दिनुभएको भन्दै प्रभूको नामलाई लिएर उफ्रिएको देखेको थिएँ । साथ साथै हारिस्बर्गको एकदमै प्रख्यात र सुरूमा चर्च स्ट्याब्लिस गर्ने आदरणीय पास्टर सुरेश तामाङ पनि सक्रिय हुनुहुन्थ्यो ……. तपाइले नैतिकताको आधारमा राजीनामा दिनु हुन्न तर आशा र तपाइहरूले आफ्नो विश्वासीहरूसंग माफ चाँहि माग्नु हुन्छ । …..यो बिजनेस सक्सेसफुल हुनुमा LSSC को एजेन्ट बनेर हाम्रा केहि पास्टर लिडरहरू र अगुवासाथीहरूको ठुलो हात रहेको छ । जो कोहिलाइ पनि मण्डलीमा घुसाइदिने…. । यस्तो लुज कुराले मलाइ एकदमै दुख लागेको….. ” कुरा व्यक्त गरेका थिए ।

उक्त भिडियो सार्वजनिक भएकपछि पा.सुरेश तामाङले धम्किपूर्ण शैलिले फेकबुकमा पोस्ट लेखेका थिए तर केहि घण्टापछि फेसबुकबाट उक्त पोस्ट हटाएका छन् । उनले लेखेको पोस्ट ।

यो पनि पढ्नुहोस् …

चर्चमा स्क्यामरहरूलाई छिराउने पास्टरहरूलाई चेतावनी

प्रतिक्रिया दिनुहोस्

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *