वाचडग

ताक परे महासंघ , नत्र NCS…

Share

आतंकवादीहरूले आफुसंग बम बोकेर अरुलाई मार्न आत्मघाती बन्छन् । त्यसरी नै अहिलेका पास्टरहरु बाइबल बोक्ने चर्चका आत्मघातीहरु हुन । आफू पनि मर्छन् र विश्वासीहरुलाई पनि मार्छन् । चर्चकोलागि भन्दापनि डोनरलाइ देखाउन र मिसनरीको पुच्छर बन्न पदको लालचले कहिले महासंघ, कहिले NCS संस्था ताकेका छन् । पास्टरको काम भेडाको हेरचाह गर्ने कि ? संस्थाको पद ताक्ने हो ? यिनीहरूलाई के चाहिएको छ ? यिनीहरु के खोज्दैछन् ?
अबका दिनमा पास्टरहरूबाट नै चर्चलाइ खतरा छ, चर्च असुरक्षित छन् ।
पास्टरले संस्था र चर्च दुबैमा खुट्टा हाल्दै, दुबै हातमा लड्डु खोज्नु ‘आत्मघाती’ हो । आफू पनि मर्छन् र सँगै अरुलाई पनि मार्छन् । ताक परे महासंघ , नत्र NCS । यिनिहरूमा अलिकति थोरै पनि लाज शरम छैन ।

अहिले धेरै पास्टरहरू दुईटै हातमा लड्डु को लालचले चर्चलाई भन्दा संस्थामा बढी ध्यान दिन्छन्। जसको कारण विश्वासीहरु अलपत्र परेका छन्। कि राम्रोसँग संस्था चलाएर बस्नु, कि भेडाहरुको रेखदेख गर्दै इमान्दार भएर सेवकाई गर्नु । कि सेवाको हृदय भएकोलाई जिम्मा दिनु । पास्टर भनेको छ १० ठाउँमा हात हालेको छ । ‘पाष्टरिय” सेवाको र ‘पास्टर” नामको दुरुपयोग गरी सबै ठाउँमा हात हाल्दा विकृतिहरू बढ्दो छ । पद पनि चाहिने पैसा पनि चाहिने, सबै ठाउँमा हात हाल्ने सबै काम आफै मात्रै गर्नुपर्ने । यही समस्याले गर्दा आज धेरै नेपाली चर्चहरू बिरामीका कारण थला परेका छन् । आफू त पतन भएर मर्छन् नै, सँगै अरुलाई पनि मार्छन् । सेवाकाईको नाममा यस्ता आत्मघातीहरू धेरै छन्।

प्रतिक्रिया दिनुहोस्

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *