यो फोटोमा भएका व्यक्तिहरू ललितपुर ख्रीष्टियन समाजका अध्यक्ष. पास्टर सुन्दर गुरूङ र सचिव पा. डेबिट दाहाल हुन् । उहाँहरू पास्टर मात्रै होइन तर TTI टि.टि आइ सेवाकाइमा बाइबल तालिम (प्रशिक्षक) दिने व्यक्तिहरू पनि हुनुहुन्छ तर उहाँहरू सेभेन्थ डे एड्भेन्टिस्ट (SDA) संग सहकार्य गर्नुहुन्छ । यसले समाजमा कस्तो असर पर्छ ? राहत बितरण गर्नु कुनै गलत काम होइन तर नेपाली चर्च र समुदायले स्विकार नगरेको एसडीए नेपालसंग सहकार्य गर्दा बाइबल तालिम दिनेहरूको योग्यता प्रष्ट देखिन्दैन र ?
संस्थाको मुख्य जिम्मेवार व्यक्ति , चर्चको पास्टर र बाइबल तालिम दिने व्यक्तिहरूबाट यस्तो कार्य हुनुले विश्वासीहरूले के बुझ्छन् ? उनिहरुको कार्यक्रममा सहभागी हुनु,, राहत वितरण गर्नु त्यसपछि सामाजिक सञ्जालमा विभिन्न टिप्पणीहरु भएपछि खेद प्रकट गर्नु यसले के बुझाउँछ ? पत्रमा ”सेभेन्थ डे एडभान्टिष्ट (SDA) ले समाजको नाम प्रयोग गरेको र उल्लेख गरेर गलत प्रचार गरेर सोसिएल मिडियामा हालेको कुरा प्रति हामी खेद प्रकट गर्दछौ । ” भनेर लेखिएको छ । उता नेपाल राष्टिय मण्डली संगति (NCF) ले झुटा शिक्षा हुन भनेर पत्र निकाल्ने यता समाजमा जिम्मेवार व्यक्तिहरू सहकार्य गर्ने ।
यि अगुवाहरूले इसाइ समुदायसंग माफी माग्नु पर्दैन र ? जिम्मेवारी बहन गर्नु पर्दैन र ? गोठालाको गोठालो लाग्नु परेसी के हुन्छ ?
बुझिन मैले, बुझाइदेउ कसैले । यि फोटोहरू हेर्नुहोस् र आफै बुझ्नुहोस्….








