यो एक झुटो संप्रदाय हो। यो हाल नेपालमा निकै फैलिइको एक झुटो समूह हो। यसको चर्चा जता ततै छ। यसको संस्थापक एलन जि ह्वाईट हुन्। उनले यसको स्थापना १८६३ मा अमेरिकामा गरेका थिए। यो समूहको अर्को नाम एडभान्टिस्ट चर्च एस डी ए हो। भन्नलाई त यिनीहरू हामी प्रोटेस्टेन्ट हौ भन्छन तर शिक्षा गलत र झूटो छ। सुरुमा यो कुन शिक्षा हो भनेर नयाँ विश्वासी र बाइबलकाे राम्रो ज्ञान नभएका विश्वासीहरूलाई छुट्टयाउन निकै गाह्रो हुन्छ। उनीहरू हामी सबै एकै हो भनेर भ्रम छरिदिन्छन। बिस्तारै उनीहरूको सदस्य भए पछि यी तल उल्लेख शिक्षाहरु सिकाउँछन् र आफ्नो फन्दामा पार्छन्।
१) विश्राम दिन शनिबार नै हुनुपर्छ र यसको पालन गर्नै पर्छ भनेर सिकाउने गर्छन।
२) मुक्ती कामद्वारा पाइन्छ भनी जोड दिन्छन तर बाइबल अनुसार मुक्ती विस्वासद्वारा पाइन्छ (रोमि१:१७) ।
३) उनीहरूले उनिहरुमात्र साँचो मण्डली हो भन्ने दावी गर्छन् तर बाइबलले कुनै एक मण्डली मात्र साँचो मान्दैन (१कोरिन्थी१:१३) ।
४) १० आज्ञाद्वारा (मोशाकाे व्यवस्थाद्वारा) विस्वासिहरुको न्याय गरिन्छ भनेर विश्वास गर्दछन तर अनुग्रहको आधारमा वा विस्वासको आधारमा न्याय गरिन्छ ।
५) यसको संस्थापक विलियम जि मिलरकी श्रीमती एलेन हवाइटद्वारा लेखिएको पुस्तक पनि परमेस्वरको प्रेरणामा लेखिएको हो भन्ने दाबी गर्छन् र यसै पुस्तकलाई मूख्य पाठयक्रम बनाएर पढाउँछन्।
६. भेजिटेरियन हुनु पर्छ भनेर सिकाउने गर्छन्।
७. सुरुमा एक हप्ताको तालिम दिन्छन् र पछि ४० दिनको तालिम हेटौंडामा दिए पछि ४० हजार देखि माथि पैसा दिन्छन्। त्यसैले नेपाल का ठूलो ठूला पास्टर भन्नेहरु यो शिक्षाकाे सिकार भएका छन। यसको पछि लागेर विश्वासीहरुलाई छोड्ने र मण्डली फुटाउने काम गरिरहेका छन।
मैले करिब १५ वर्ष सेवाकाई गरिरहनु भएको पास्टर ज्यूलाई यसमा जान बाट जोगाए उहाँ यो शिक्षा लिन हेटौंडा जानलाई तयार हुनुहुन्थ्यो। यो संप्रदायकाे बारेमा बताउँदा उहाँले जान इन्कार गर्नु भयोे र अहिले राम्रो संग सेवाकाई गरिरहनु भएको छ।
भ्रममा नपरौं यो एक झुटो संप्रदाय हो। पैसाको लोभमा नपरौं। बाइबल पढौं र यिनीहरूको शिक्षा बाट अलग बसौँ। आफू जोगीऔं र आफ्ना विश्वासीहरुलाई जोगाऔं ।
- Arjun Doulos

