वाचडग विचार / ब्लग

क्यारोल कि रमाउने र भुँडी भर्ने मेसो ?

Share

मण्डली भित्र बसेर र इसाईको घर भित्र पसेर गरिने क्यारोल, क्यारोल नभएर रमाउने र भुँडी भर्ने मेसो मात्रै हो ।
येशु जन्मेको सु-सन्देश मण्डली र घर भित्र होइन बाहिर आवश्यक छ ।
देशको अवस्था र कानुनलाई बहाना बनाएर मण्डली भित्र बसेर क्यारोलको नाममा कार्यक्रम आयोजना गर्नुको कुनै अर्थ छैन ।
मिठो मुस्कान सहित ख्रीष्ट जन्मेको सन्देश छिमेकीलाई सुनाउनुहोस । तपाईंको छिमेकी ३६५ दिन तपाईको व्यवहार देखि वाक्क भएको हुन सक्छ । एक चोटि हात मिलाउनुस, “ख्रीष्टमस आउदै छ, संगै बसेर खाना खाउ है ” भनेर खानाको निम्तो दिनुस र उहाँलाई येशु जन्मेको सन्देश सँगै, त्यो सन्देशले गर्दा आफ्नो जीवन परिवर्तन भएको उदाहरण दिनुहोस ।

प्रतिक्रिया दिनुहोस्

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *