वाचडग विचार / ब्लग

कुछ तो शरम करो पास्टर जी…

Share

बाइबलमा एज्राको पुस्तकमा एउटा स्प्रष्ट चित्र देख्न सकिन्छ । नेतृत्व लिने लिडर सक्षम तथा दूरदर्शी हुनुका साथै प्रभावकारी र परमेश्वरमा भरोसा गर्न लिडरहरूलाइ एउटा शिक्षा र चुनाैति सहितको गतिलो उदाहरण दिएको छ ।

‘बाटोमा हाम्रा शत्रुहरूका विरुद्धमा सिपाहीहरू र घोड़चढ़ीहरू हामीलाई सहायता गर्न हाम्रा साथमा रक्षक भई जानलाई राजाकहाँ माग्‍न मलाई शर्म लाग्‍यो। किनभने हामीले राजालाई यसो भनेका थियौं, “उहाँलाई खोज्‍ने सबैमाथि हाम्रा परमेश्‍वरको निगाह रहन्‍छ, तर उहाँलाई त्‍याग्‍नेहरू सबैमाथि उहाँको भयङ्कर क्रोध पर्छ।” यसैले यसको लागि हामीले उपवास बसेर हाम्रा परमेश्‍वरलाई बिन्‍ती चढ़ायौं, र उहाँले हाम्रो बिन्‍ती सुन्‍नुभयो। ‘ – एज्रा 8:22-23

ख्रीष्टियन समुदायको नेतृत्व गर्ने भन्दै केहि समुहरूहरू क्रियाशिल छन् । यो राम्रो कुरा हो तर नेतृत्व गर्दै गर्दा अर्को पाटो त्यसले परमेश्वर प्रतिको हाम्रो विश्वास र साक्षी छताछुल्ल भएको छ ।
के यो बारे हाम्रा लिडरहरूले सोचेका छन् र ? राजासंग सुरक्षा माग्न शर्म मानेका एज्रा जस्तै बन्न सक्छाै त ? नेपालमा सरकार परिवर्तन हुने वितिक्कै केहि पास्टरका समुह र व्यक्तिहरू मन्त्रीहरूलाइ भेट्दै सुरक्षा माग गर्दै ज्ञापन पत्रहरू, ध्यानाकर्षण बुझाउने र फोटो खिच्ने गर्छन् । फोटो खिचेर मिडियामा प्रचार प्रसार गरिन्छ । चर्चका पास्टरहरूपनि उनिहरूले स्वर्गदुतलाइ भेटेर आए झै फुरुङ्ग अनि दङ्ग पर्छन् ।

हाम्रो परमेश्वर नसुन्ने, नदेख्ने र नमान्ने र काम नलाग्ने भएको हो ? एउटा राजनैतिक दल र नेतामाथि भरोसा गर्नुपर्ने ? परमेश्वरले भन्दा नेताले सुरक्षा दिनुपर्ने ? हामीले उनिहरूलाइ कस्तो साक्षी दिदैछाै ? नेताहरूसंग माग गर्दै संचार माध्यामहरूमा छाएका समाचार र फोटोहरूले परमेश्वरको प्रतिको अविश्वासको प्रचार भएको छैन र ? के हाम्रो परमेश्वर कमजोर हुनु भएको हो ? के हामीलाइ न्याय एउटा नेताले दिनुपर्ने ? लिडरसिपमा भएकाहरूले ध्यान दिने कि ? तपाइहरूको क्रियाकलापले डोनर र दाताहरू खुसी होलान तर त्यसले समुदायमा परमेश्वर प्रति कस्तो छाप दिने गर्छ ? विचार गर्ने कि ?

धेरै लिडरहरू कुनै समुह र नेता मन्त्रीको पछि कुदिरहनु वा सम्झौता गर्नुको मुख्य कारण २ तिमोथी १ को १२ ले प्रस्टसंग उत्तर दिएको छ।
हामीले सत्यताकै ४ वटा पाटाहरू थाहा पायौं भने निँगालो झैं हल्लिरने विश्वासबाट परिपक्क र स्थिर हुन्छाै।

मैले कसमाथि विश्‍वास राखेको छुसो म जान्‍दछु र मलाई निश्‍चय छ, जुन कुरा त्‍यस दिनसम्‍म मैले उहाँलाई सुम्‍पेको छु, त्‍यो सुरक्षित राख्‍न सक्‍ने उहाँ हुनुहुन्‍छ।

यी ४ प्रश्नहरूको उत्तर खोजेर विश्वासमा पक्का र स्थिर हुने कि ?
१) मेरो लागि परमेश्वर को र के हुनुहुन्छ ?
२) मैले उद्धार पाएको कुरालाई महसुस गर्दै कतिको आभारी र धन्यवाद दिन्छु ?
३) मैले उहाँमा कत्तिको विश्वास र भरोसा गरेको छु ?
४) अनन्तको सुरक्षामा कतिको महसुस गरेर निश्चित भएको छु ?

नेतृत्वमा रहेका एज्राले झै परमप्रभुको व्‍यवस्‍था अध्‍ययन गर्न र पालन गर्न, र समुदायलाइ परमेश्वरिय सत्यताको शिक्षा सिकाउन आफैलाई समर्पण गर्न सक्छाै ? कि सरकारै पिछे कुनै नेता र मन्त्रीको पछि लागेर पत्र बोकेर कुद्छाै ? हाम्रो भरोसा को माथि र कसमाथि छ ? कुछ तो सरम करो …

तल केहि समाचार र फोटोहरू हेर्नुहोस्…..

प्रतिक्रिया दिनुहोस्

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *