william-farlow-IevaZPwq0mw-unsplash
दैनिक उपासना

प्रभु मलाई जाच्नुहोस ।

Share

शालोम नेपाल – आज हामीले बुझेर नि इन्कार गरेको कुरा चाहि परमेश्वोरले मानिसको हृदयको सबै विचार जान्नुहुन्छ भनेर थाहा हुदा हुदै नि, आफ्नो कमजोरी प्रभुबाट लुकाउनको लागि व्यर्थका बाहिरि प्रमाण हरु परमेश्वोरको सामु प्रस्तुत गर्ने गर्छौ। यो त एक राम्रो देखिनलाई शृंगारले सजिएको जस्तो देखाओटि भएन र ? हामीले भन्नु भन्दा अगाडि नै परमेश्वोरले हाम्रो वास्तविक हृदयको अवस्था जान्नुहुन्छ र त्यो देखेर उहा धेरै दुखित हुनुहुन्छ।
उहा हामीहरूको हृदयको भित्रिकुना सम्म जान चाहानुहुन्छ? हाम्रो हृदय भित्र भएको सबै फोहोर र समस्याको जरा हटाएर सफा गरि हामीलाई असल बनाउन खोज्दै हुनुहुन्छ। के आज हामि राजा दाऊदले झैँ भन्न सक्छौ, “मलाई जाच्नुहोस, र मेरो हृदयलाई जान्नुहोस, हेर्नुहोस, ममा कुनै खराब चाल छ कि“। त्यो बेला अहिले हो, आफैलाई शुद्द बनाएर परमेश्वोरमा पवित्र र आशिसित जीवन जिउनुहोस।

हे परमेश्वर, मलाई जाच्नुहोस, र मेरो हृदयलाई जान्नुहोस । मलाई जाच्नुहोस, र मेरा चिन्ताहरूलाई जान्नुहोस । हेर्नुहोस, ममा कुनै खराब चाल छ कि, र मलाई अनन्तको मार्गमा डोर्याउनुहोस । भजनसंग्रह १३९:२३-२४

प्रतिक्रिया दिनुहोस्

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *