काठमाडौं : पछिल्लो समय देशमा कोरोना भाइरस ( COVID – 19 ) को संख्या गुणात्मक हिसाबले बढीरहेको छ। यसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले विभिन्न अभ्यास गरिरहेको छ । बिश्वमा हेर्ने हो भने यो रोग को डरले अर्थात गरिविको कारणले हजार भन्दा धेरै मानिसहरूले आत्महत्या गरेका छन । नेपालमा पनि तेस्तै भयावह परिस्थिति नआउला भन्न सकिन्न, तर हामी आशा गरौ र निरन्तर प्रार्थनमा लागि रहौ परमेश्वोरले सुरक्षा र सान्त्वना दिनु भएको होस भनेर ।
लकडाउनका सुरुवाती समयमा विभिन्न संघ, संस्था र अभियान्ताहरुले राहतका नाममा आफ्ना ख्याति बटुल्न भ्याए । तर जब साच्चिकै खाँचो परेका बेला धेरै जना चुप भएका छन । सलाम छ ! जो यो कठिन महामारीमा पनि आफ्नो भन्दा अरुको ख्याल गरेर सेवामा लाग्नु भएको छ।
इसाई जगतको अति नै लोकप्रिय, चिरपरिचित इसाई चलचित्रकर्मी नायक रोशन सेवक यति बेला दिन, दु:खी, गरिबि र समस्यमा परेकाहरुलाई खाद्यान्न घर-घरमा पुर्याइ चलचित्रको नायक मात्र नभइ वास्तविक नायक बनेका छन । हाम्रा सम्बादाता सँग कुरा गर्दा सेवकले भने यो मैले केही पनि गरेको होइन र म सँग धेरै भएर गरेको पनि होइन, मात्र उहाँहरुको दु:खमा सहभागी भएको हुँ । केही दिन अघी उनले आफ्नो फेसबुक मार्फत यदि कोहि समस्यमा हुनुहुन्छ भने मलाइ सम्पर्क गर्नु होला भन्दै आफ्नो मोबाइल नम्बर समेत सार्वजनिक गरेका थिए । जसका कारण धेरै जना समस्यामा परेकाहरु लाभान्वित भएका छन ।

