Share
शालोम नेपाल – परमेश्वोरको दृष्टि हामी माथि सदैव रहन्छ त्यस्तो कुनै समय छैन कि उहाले हामीलाई वेवास्तामा छोडनु भएको । हामी निदाएको बेलाहोस् वा जमिन भित्रको कुनै पनि कुनामा जादाहोस् परमेश्वोरको नजर हामी माथि सर्वदा रहन्छ । उहाको आत्मा हाम्रो हृदयको हरेक विचारको साथ उपस्थित छ । उहाको हातले हामीहरुको प्रतेक पाईलाको दिशालाई प्रभावित पार्दछ ।
रातको सुनसन घडीहरुमा जब हामी आँखा बन्द गर्छौ र हाम्रो आत्मा बेहोशिमा डुबेको हुन्छ, तब हामी माथि अवलोकन गर्ने आँखा हुन्छ ।
जब हामी परमेश्वोर तर्फ ध्यान दिन्छौ, यो बुझ्न आवश्यक छ कि उहा हाम्रो समझ भन्दा धेरै बाहिर को हुनुहुन्छ । किनकी उहा सर्वव्यापी परमेश्वोर हुनुहुन्छ ।
तपाईंले मेरो बाहिरी जवाइ र मेरो सुताइ इस्पष्टसँग जान्नुहुन्छ, र मेरा सबै आचरणहरुसँग तपाईं परीचित हुनुहुन्छ । भजनसग्रह १३९:३
प्रतिक्रिया दिनुहोस्
Share

