LRM_EXPORT_20200601_161105
दैनिक उपासना

ख्रीष्टको निम्ति मर्न सिक्नुहोस।

Share

शालोम नेपाल – धेरै पटक हामि बाईबलले सिकाए बमोजिम हाम्रो जीवन ख्रीष्टमा बिताउन सकिरहेको हुदैनौ। हामीलाई थाहा छ कि परिपक्क ईसाई हुनको लागि वचन पालना गर्ने पर्दछ अरुकुनै उपाए छैन। तर हामि वचन पालना गर्ने बेलामा हाम्रो दृष्टि संसारिक कुरामा लगाउनुको साथै तेई जाला झेलमा हाम्रो ईसाई जीवनलाई अस्त-व्यस्त बनाई रहेका हुन्छौ।
त्यसैले ख्रीष्टमा अघि बढनु चाहानुहुन्छ भने, संसार र संसारिक कुरालाई इन्कार गर्नुहोस, आफैलाई परमेश्वोरको वचनमा पूर्ण रुपमा भिजाउनुहोस, आफुले गरेको पापको प्रायश्चित गर्नुहोस, निराश कहिल्यै नहुनुहोस। ख्रीष्ट प्रतिको आफ्नो विश्वासमा सधै अटल रहनुहोस।
यो जीवन छदै ख्रीष्टमा गर्नुपर्ने सब कुरा गर्न ढिलो नगरौ, परमेश्वोर को पवित्र जन भएको कारण प्रभुमा मुकुट प्राप्त गर्ने हिसाबले परिश्रम गरौ, यो हामि हरेक विश्वासीप्रति परमेश्वोरको ईच्छा र चाहाना हो।

यदि हामि बाच्छौ भने प्रभुकै निम्ति बाच्छौ, र मर्छौ भने प्रभुकै निम्ति मर्छौ। रोमी १४:८

प्रतिक्रिया दिनुहोस्

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *