शालोम नेपाल – प्रेरित पावल गलातियाको मण्डलीसँग गाह्रो अवस्थामा थिए। तिनीहरूले सच्चाइ थाहा पाइसकेका थिए, त्यसैले तिनीहरू परमेश्वरको लागि बाँचिरहेका थिए र केही कारणले गर्दा त्यो विश्वासको जिवन खस्कन थालेको थियो ।
म धेरै विनम्रताका साथ हरेक इसाई व्यक्तिहरूलाई इसाईहरूको दुई चरणहरूको बारेमा राम्रोसँग सिक्न र बुझ्न आग्रह गर्दछु । मानिसहरूको जिवनमा त्यहाँ शारीरिक र आत्मिक पनि छन्; त्यहाँ केटाहरू रहन्छन्, र तिनीहरू वयस्कहरू पनि हुन्। त्यहाँ कोही छन् जो मिश्रबाट बाहिर आए, तर पनि सांसारिक जीवनको उजाडस्थानमा रमाई रहन्छन्। म पवित्रताको बोलावटबाट, भटकने र गनगन गर्ने इसाई जीवनलाई रोक्न आह्वान गर्दछु, र बाँकी समय परमेश्वोरमा प्रवेश गर्न, प्रत्येक शत्रुलाई जित्न र प्रतिज्ञाको देशमा परमेश्वरको सेवाको आह्वानलाई पालन गर्दै अघि बढन आव्हान गर्दछु। मानिसहरू भन्छन कि यो धेरै उच्च छ र धेरै गाह्रो छ। हामीले बुझ्नु पर्ने चाहि त्यहाँ केही छन् जो पूर्ण रूपमा प्रभुको पछि लाग्छन् र आराम र विजयको जीवनमा प्रवेश गर्दछन्। हामी सबै विश्वासमा खडा छौं त्यसैले हामी यो पत्ता लगाऔं, र परमेश्वरका चेतावनीहरूमा जोडले ध्यान दिएर, सम्पूर्ण हृदयले येशू ख्रीष्टको अनुसरण गर्न, परमेश्वरको पूर्ण इच्छामा सिद्ध हुदै विश्वासको जिवनमा पूर्ण रूपमा खडा हुने कोसिस गरौ ।
त्यसैले गलातियाको चर्चका सदस्यहरूले त्यो गम्भीर गल्ती गरेका थिए। उनीहरूले संसारको दर्शनलाई आफ्नो जीवनको कपडामा बुन्न अनुमति दिएका थिए। आज उस्तै गल्ती नगर्नुहोस्। शरीरमा जिउने वा आत्मिक पनमा, छनौट तपाईंको र तपाइकै हातमा छ ।
हे मुर्ख गलाती हो, कसले तिमीहरूलाई मोहनी लाएर वशमा पार्यो ? तिमीहरूका आखाकै सामुन्ने येशू ख्रीष्ट क्रुसमा टागीनुभएको कुरा स्पष्ट रूपले वर्णन गरिएको थियो। यति मात्र म तिमीहरूलाई सोध्न चाहन्छु, तिमीहरूले पवित्र आत्मालाई व्यवस्थाका कामहरूद्वारा पायौ, कि सुनेका वचनमा विश्वास गरेर? के तिमीहरू यति मुर्ख छौ, कि आत्मामा सुरु गरेर शरीरमा शेष गर्दछौ ? गलाती ३:१-३

