समाचार

के आनलाइनबाटै प्रभु भोज दिनु उचित हो ?

Share

काठमाडौँ : चिनको वुहानबाट सुरु भएको कोरोना भाइरस (COVID -19 ) विश्वका विभिन्न देश हुदै नेपालमा पनि यसले ठुलो त्रास फैलाई रहेको छ। यो भाइरसले इटाली,अमेरिका लगाएतका धेरै देशहरु जुन बिकास र प्रबिधिमा सधै अग्र-स्थानमा थिए, तापनि यी देशहरुमा संक्रमणले मर्नेको संख्या धेरै नै भएका छन् । यस्ता शक्तिशालि भनिएका देशहरु लाइ पनि बाँकि छाडेन। यो भाइरस (COVID -19 ) को संक्रमण हुनबाट कुनै जाति,भाषा,धर्म, लिङ्ग कोहि पनि छुटेनन् , सबै जना यसको शिकार बनेका छन्।
यस भाइरसका कारण मानिसहरुको दैनिकी लगायत धार्मिक बिधिमा पनि ठुलो परिवर्तन आएको छ। जसले गर्दा बिश्वभरमा रहेका इसाई समुदायलाई पनि उनीहरुको समुदायमा गरिने केहि अभ्यासहरुमा परिवर्तन ल्याएको छ। चाहे त्यो हप्ता- हप्तामा सबै भेला भएर गरिने साप्ताहिक संगतिमा होस् वा उनीहरुले गर्ने अन्या गतिविधिमा होस्। त्येस्तै इसाई मण्डली भित्र भएका केहि बिधिहरु मध्ये प्रभु भोज एक बिधि हो। जुन बिधि प्राचिन मण्डलीहरुले पनि गर्दै आएका थिए।
हरेक शताब्दीमा परिस्थिति अनुसार प्रभु भोजको ढाचा केही तल माथी रुपमा परिवर्तन गरि उपभोग गर्दै आएका भएता पनि अहिलेको यो विषम परिस्थितिमा भने एउटा इसाई जगतलाई नै चुनौती स्वरुप सम्पुर्ण ढाचा परिवर्तन गरि विधि सन्चालन गर्न बाध्य परेको छ ।
नेपालमा प्रभु भोज सामान्यतय मण्डलीका धर्म गुरुले त्यसमा प्रयोग हुने रोटि र जुस तयार पार्ने चलन छ। र उहाहरुकै निर्देसन वा उहाहरु द्वारा नै बाढ्ने चलन छ। धर्मशास्त्र बाइबलले यसको अक्सर गर्ने खास मिति / समय नतोकीएता पनि प्राय नेपालमा सबैले महिनाको एक पटक लिने गरिन्छ। अहिले सबै किसिमका संगति सामाजीक संजाल (Online) मार्फत भए सगै प्रभु भोज पनि Online बाट नै बाडिएको पाइयो।

हामीले यो प्रबिधिबाट गरिएको यस सेवाले मण्डलीमा कस्तो प्रभाब पारेको छ ? र तपाइको मण्डलीमा कसरि गर्नु भएको छ ? भनि सोध्दा केहि मण्डलीका पास्टरहरुले आ-आफ्नै प्रतिक्रिया दिनु भयो जुन कुराहरु प्राय सबै मिल्दाजुल्दा थिए,त्यस मध्य सबैका भनाइ नसमेटिएता पनी केहि पास्टरहरुको भनाइ एस किसिमका छन्।

रेभ. रबिन बैद्य
माइल स्टोन मण्डली, बुढानिलकण्ठ

“प्रभु भोज एक इसाई बिधि हो जुन येशुले पनि गर्नु भएको थियो। यसले प्रत्येक प्रभुका जनाहरुमा आफैलाई जाच्ने काम गर्छ र उहाको मृत्युको सम्झना गराउदछ त्यसैले हामीले यो सेवा गर्नु पर्छ । Online बाट गरिएको यो सेवा जसरि हामीले पहिला गरिन्थ्यो त्यस किसिमको प्रभाबकारी त हुदैन तर पनि ज्ञान हुनेले ज्ञानको प्रयोग गरोस भने झैँ हामीले Online प्रबिधिबाट मेरो नेतृत्वमा गरेका छौ र नजिक- नजिक रहनु भएको अगुवाहरुले सहायता गर्नु भएको छ।”

पा. राजु सुन्दास
होसन्ना मण्डली, जोरपाटी

“प्रभु भोज एकताको प्रतिक पनि हो । बाइबलमा हेर्ने हो भने एक साथ घर-घरमा भेला हुन्थ्ये अनि संगै रोटि भाच्थ्ये र एउतै कचैरा बाट पिउथ्ये।
यो अक्सर गर्ने कुरा हो त्यसैले समय र परिस्थितिलाई बुजेर गर्न सकिन्छ। हामि हप्ता-हप्तामा अगुवाहरु भेला भएर गर्थेउ। बिदेशी मुलुकमा त झन हरेक दिन हुन्छ, जो जाहा छन तेही बाट सहभागी हुने गर्छन। तर यति बेला हामीले हाम्रो मण्डलीमा यो अभ्यासलाइ सुरु गरेका छैनौ। बिधि भन्दानी हामि निर्माण गर्ने कुरामा लागेका छौ। अहिलेको मुल मुद्दा भनेको कोरोनालाइ जित्नु हो। प्रभु भोजको बारेमा भन्नु पर्दा यदि कसैलाई लिनु नै छ भने आफ्नो पास्टरलाइ जानकारी गरेर लिन सक्नु हुन्छ। तर प्रभु भोज नलिदैमा विश्वासमा कमि हुने र उहाको प्रेम घट्ने चाहि होइन।”

प्रतिक्रिया दिनुहोस्

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *