शालोम नेपाल – एक प्रभुको सेवकको रूपमा, मैले केहि व्यक्तिहरूको अन्तिम क्षणहरूमा उनीहरूको मृत्यु हुनु अघि धेरै बेर संगै बस्ने अवसर पाएको थिएँ। त्यस समयको, कुराकानी कहिल्यै अरुलाई दोषारोपण गर्ने र मूर्ख थिएन, तर गहिरो, अर्थपूर्ण र आउँदो जीवनसँग सम्बन्धित हुन्थ्यो ।
एक प्रभुको सेवकको रूपमा, मैले मानिसहरूलाई अनन्तसम्म आफ्नो ध्यान प्रभुमा केन्द्रित गर्न मद्दत गरे। जहाँ जहाँ म जान्छु, अधिकांश मानिसजाति भौतिक संसारमा केन्द्रित रहेको देखिन्छ। यदि अरु प्रभुका सेवकले प्रभुबाटको थप नतिजा र न्यायको बारे चेतावनी दिए, तब संसारले देख्न र बुझ्न सक्दछ कि यो जीवन कत्तिको क्षणिक छ भनेर।
रोबर्ट हल परमेश्वरको शक्तिशाली मान्छे थिए, उसको आँखा अनन्तसम्म ख्रीष्टमा केन्द्रित थियो। उनको चेतावनी आज पनि धेरै प्रभावकारी छ।
मृत्यु पछिको अवस्था भनेको न्याय हो। त्यसैले प्रतिशोधको प्रहारबाट तपाईंलाई जोगाउने के ले हो? अब उसो आफूलाई संसारको सबै अलमल्याउने थोकबाट पर राख्नुहोस्। हुन आउनेवाला कुराहरू संग जुद्धै अघि बढन प्रभुमा पूर्ण भरोसा राख्ने प्रयास गर्नुहोस्। नदेखिने चीजहरू माथि विश्वास गरि, विश्वासको बाटोमा हिंड्नुहोस् र परमेश्वोरको आवाज सुन्नुहोस् उहा संगको तपाईको सम्बन्धमा एक पूर्ण पागल प्रेमी झैँ बनि उहाको स्वर सुन्नमा लालायित हुनुहोस।
त्यसैले उहाको चेतावनीलाई हल्का रूपमा नलिनुहोस्। वचनमा गहिरिएर उक्त कुरालाई महत्वपूर्ण ठानी महसुस गर्नुहोस्। आफ्नो ध्यानलाइ अगाडि केन्द्रित गर्नुहोस्। र अनन्तसम्मको लागि सचेत रहनुहोस्।
भाइ हो, मैले यी सब पक्रिसकेको छु भनी म ठान्दिनँ, तर म एउटा काम गर्दछु, कि पछाडिका कुराहरू बिर्सेर र अगाडिका कुराहरूतिर जोड़सँग लम्कँदै ख्रीष्ट येशूमा परमेश्वरको स्वर्गीय बोलावटमा पाइने पुरस्कारको निम्ति निशानातिर म जोड़सँग अगि बढ्दछु। फिलिप्पी ३:१३-१४

