iva-rajovic-h1f27Nt9Cd4-unsplash
समाचार

सुँगुरको मासु मन पराउनेलाइ दुखको खबर “चीनमा फेला पर्‍यो, नयाँ फ्लू भाइरस”

Share

शालोम नेपाल – हाल पुरा विश्व नै एउटा रोग बाट अझै पनि छुटेर उठन नसकेको बेला फेरि विश्वव्यापी महामारी बनेर फैलिने सक्ने क्षमता भएको एउटा नयाँ फ्लू भाइरस चीनमा फेला परेको वैज्ञानिकहरूले बताएका छन्। वैज्ञानिकहरूका अनुसार उक्त भाइरस भर्खरै विकसित भएको र सुँगुरमा भेटिएको हो। जुन भाइरसले मानिस जातिलाई सङ्क्रमण गर्न सक्ने ठुलो चिन्ता व्यक्त गरेका छन्। हालको लागि केहि पनि समस्या नभए पनि निकट भविष्यमा उक्त फ्लु भाइरस मानिस माझ संक्रमण हुनसक्ने भएको ले सबैलाई चनाखो हुन सुझाव दिएका छन्।

अहिले को लागि उक्त भाइरस नयाँ भएकाले मानिसहरूमा त्यसलाई प्रतिरोध गर्न क्षमता न्यून वा शून्य छ। त्यसैले सुँगुरपालन गर्ने उद्योगको साथै त्यसमा काम गर्ने मानिसहरूलाई निगरानी गर्न आवश्यक भएको बताउनुहुन्छ।

यो भाइरस कस्तो छ?
यसमा केहि भिन्नताहरू भएपनि पनि यो नयाँ भाइरस स्वाइन फ्लूसँग मिल्दोजुल्दो छ।

प्राध्यापक किन-चाउ चाङ र उनका सहकर्मीहरूका अनुसार यो भाइरस अहिले नै न फैलिएको भएपनि यसलाई कमजोर नसोची निगरानीमा राख्नु पर्ने बताउनुहुन्छ।

अनुसन्धानकर्ता वैज्ञानिकहरूले उक्त भाइरसलाई G4 EA ह१ N1 भन्ने गरेका छन्। उक्त भाइरस मानिसको श्वासनलीमा भएका कोषमा बढ्न र फैलिन सक्छ। किनकि उनीहरूले वधशाला र सुँगुरपालनसँग सम्बन्धित कृषि उद्योगमा कार्यरत मानिसहरूमा त्यो भाइरसले सङ्क्रमण गरेको प्रमाण फेला पारेका छन्। जसको लागि उपलब्ध फ्लूका खोपहरू यो भाइरसविरुद्ध प्रभावकारी छैनन्।

अहिलेयूकेको नटिङघम यूनिभर्सिटीमा कार्यरत प्राध्यापक किन-चाउ चाङले बीबीसीलाई जानकारी गराए अनुसार, “अहिले कोरोनाभाइरसका कारण हाम्रो ध्यान त्यस तर्फ धेरै मोडिएको छ। तर हामीले सम्भावित खतरनाक नयाँ भाइरसलाई भने बेवास्ता गर्नु हुँदैन।”

मिशेल रोबर्ट्स- बीबीसी न्यूज अनलाइन

प्रतिक्रिया दिनुहोस्

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *