शालोम नेपाल – आज विश्वभरका बच्चाहरूले आफ्ना नायकहरू जस्तो हुने सपना देख्छन्। त्यो कुनै पनि क्षेत्रको र जो कोहि पनि हुनसक्छ । उनीहरूले आफुलाई मन पर्ने व्याक्तित्वको छवि भएको लुगादेखी लिएर हरेक चिज खरीद गर्छन्, र उनको व्याक्तित्व हेर्छन्, साथीहरूसँग छलफल गर्छन् र त्यसमा रमाउछन् अनि तिनीहरूले गरेको हर चालको नक्कल गर्न प्रयास गर्छन्। येशू ख्रीष्टका अनुयायीहरू भएको नाताले हामी पनि उहाँको पाइलामा हिंड्नुपर्दछ। उहाँ हामीलाई त्यस मार्गमा हिंड्न इशारा गर्नुहुन्छ।
मात्ति २८:१९ पदलाई मण्डलीको “महान आज्ञा” भनेर चिनिन्छ। ती चेलाहरूलाई येशूले छोड्नुभएपछि उनीहरूले के कुरामा आफ्नो ध्यान केन्द्रित गर्ने भनेर येशूले भन्दै हुनुहुन्छ। मण्डलीको उद्देश्य येशूका चेलाहरू वा अनुयायीहरू बनाउनु हो। त्यो प्रक्रिया सु-समाचारबाट शुरू भई, बप्तिस्मा र त्यसपछि उनीहरूलाई दिनहुँ उहाँको लागि बाँच्न सिकाउँनु पर्छ । यो लामो प्रक्रिया हो जुन हामी सर्टकट लिन सक्दैनौं। तपाईले यस विश्वासको बाटोमा लगानी गर्नु पर्छ खास गरि जो नयाँ विश्वासीहरू छन्। पद २० ले यहि भन्दछ, “सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ।”
त्यसैले यदि तपाईं येशू ख्रीष्टको चेला हुनुहुन्छ, र (उहाँलाई आफ्नो हृदय दिनुभयो भने)। यसको मतलब यो हो कि तपाईं उहाँको पाइलामा हिड्नुहुन्छ र उहाँको जीवन अनुकरण गर्न प्रयास गर्नुहुन्छ। यसको लागि मार्गनिर्देशन भने बाइबल र उक्त विषयमा सिकाउने सम्बन्धित पास्टरहरू र तपाईंको आत्मिक शिक्षकहरूबाट दिइएको छ। एउटा बलियो धर्मशास्त्रीय आधार सबै विश्वासीहरूको लागि आवश्यक छ। समृद्धि वा मनोविज्ञान जस्तै अरू केहि सिकाउनेहरूबाट सावधान रहनुहोस्।
येशू ख्रीष्टका चेलाहरू हौं भनेर देखाउने महत्वपुर्ण चरित्र चाहि भित्रि चरित्र हो। क्रिश्चियन टी-शर्ट वा क्रस लगाउनु हाम्रो विश्वास व्यक्त गर्ने उत्तम तरिका हुन सक्छ, तर यो हाम्रो विश्वासको संकेत होईन। हामी कसरी अरूसँग कुरा र व्यवहार गर्छौं त्यो तपाईंको विश्वासलाई देखाउने उत्तम तरिका हो। जुन हामी हाम्रो ख्रीष्टसँगको दैनिक हिँडाइमा देखाउँदछौं।
यसकारण जाओ, र सबै देशका जातिहरूलाई चेला बनाओ, पिता र पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्तिस्मा देओ। मात्ति २८:१९

