clarisse-meyer-xXiKQ2AavlY-unsplash (1)
दैनिक उपासना

माथिको कुरामा ध्यान केन्द्रित गर्नुहोस् ।

Share

शालोम नेपाल – पावलले हामीलाई असल कुराको लागि स्वर्गीय दिमागमा बस्न सलाह दिदछ । यस पृथ्वीका चीजहरूले तपाईंलाई निराश तुल्याउन सक्छ। हाम्रो आशा येशूमा छ, र उहाँ परमेश्वर पिताको दाहिने हाततर्फ बसिरहनुभएको छ। त्यहाँ हामीले आफ्नो दिमाग केन्द्रित गर्न बाइबलले बताउदछ ।

यहाँ कलस्सीवासीहरूमा मण्डली बढ्दो रुपमा बृद्दि भैरहेको थियो, र पावलले उनीहरूलाई जीवनका आवश्यक चीजहरूमा ध्यान केन्द्रित गर्न मद्दत गरिरहेका छन्। उनीहरूले रोमी साम्राज्यमा मण्डलीको सतावट र पापले गरेको प्रभावको कारण देखाउँदै निराश भइरहेका थिए। जुन विचारले तुरुन्तै कसैलाई तल झार्न सक्छ, त्यसैले पावलले उनीहरूलाई के महत्त्वपूर्ण हो त्यस कुरामा ध्यान केन्द्रित गर्न र बाँकीलाई परमेश्वरको हेरचाहमा भर गर्न भने।

आजको वचन हाम्रोलागि अति नै महत्वपूर्ण छ। म धेरै क्रोधित र निरुत्साहित इसाईहरुलाई देख्छु जो दुखी छन् किनकि उनीहरुले संसारमा के भइरहेको छ सो देख्छन्। यदि हामी ख्रीष्टसँगै बिउँताइएका छौं, जसको अर्थ हो कि हामी हाम्रो पुरानो जीवनमा मरेका र ख्रीष्टमा नयाँ सृष्टि भएका छौं भने हाम्रो आशा येशू ख्रीष्टमा छ। हाम्रो आशा उहाँमा रहेको हुनाले हामीले माथि भएका कुराहरूमा ध्यान केन्द्रित गर्नु आवश्यक छ। यसको मतलब यो होइन कि हामी पृथ्वीमा रहेका हाम्रा जिम्मेवारीहरू बिर्सन्छौं।

त्यसैले येशू ख्रीष्टले तपाईंको लागि गर्नुभएका सबै कुरा सम्झनुहोस्। तपाईं पापी भएकोले उहाँ प्रति कृतज्ञ हुनुहोस् कि तपाईं नरकतिर लाग्दै हुनुहुन्थियो, तर उहाँले तपाईंलाई मृत्युको पकडबाट बचाउनुभयो र उहाँको धार्मिकता तपाईंमा राख्नुभयो। त्यसैले मानिसबाट सल्लाह लिनुको सट्टा माथिबाटको ज्ञान खोज्नुहोस्। र अरूको सामु तपाईंको जीवनमा भएको परमेश्वोरको काम स्वीकार्नुहोस्।

यसकारण यदि तिमीहरू ख्रीष्‍टसँग जिइउठाइएका छौ भने माथिका कुराहरूको खोजी गर, जहाँ ख्रीष्‍ट हुनुहुन्‍छ, र परमेश्‍वरको दाहिने बाहुलीपट्टि बस्‍नुभएको छ। माथिका कुरामा मन लगाओ। पृथ्‍वीमा भएका कुरामा होइन। कलस्सी ३:१-२

प्रतिक्रिया दिनुहोस्

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *