अमेरिकाले हरेक वर्ष हजारौँलाई डाइभर्सिटी भिसा ( डिभी ) चिठ्ठा अन्तर्गत विभिन्न मुलुकका नागरिकलाई आफ्नो मुलुकमा भित्र्याउँदै आएको छ । नेपाल सहित विश्वका विभिन्न मुलुकका नागरिकले अमेरिका जानका लागि हरेक वर्ष ठूलो सङ्ख्यामा अनलाइनबाट डाइभर्सिटी भिसा अर्थात् डिभी चिठ्ठा भर्दै आएका छन् । डिभी भर्नेहरूको एउटै चाहना र लक्ष भनेको अमेरिकामा स्थायी बसोबास, पैसा र सुख सुविधाको जीवन शैलि प्राप्ति हो । डिभीबाट अमेरिका पुगेर धेरै नेपालीहरूले समृद्धीसंगै जीवन शैलि परिवर्तन गरेका छन् ।
अब कुरा रह्यो हामी विश्वासीहरूले भर्ने कि नभर्ने ?
जसको जीवनमा कुनै लक्ष योजना, मिसन, भिजन छैन । जीवनको कुनै अत्तो पत्तो, ठेगान छैन र प्रभूलाइ विश्वास त गरेको छ तर प्रभू प्रतिको भरोसा छैन , भने उनिहरूले मज्जासंग डिभी भर्न सक्छन् र अमेरिका जान सक्छन् । यसमा कुनै आपत्ति छैन । एउटा प्रभूको सेवक र दास भएर पास्टरिय सेवाकाइमा लागेको व्यक्तिहरूले डिभी भर्नु भनेको चर्च प्रतिको बेइमानी हो । सेवाकाइ सुरू गर्ने बेलामा नेपालभरी सेवाकाइ गर्ने भनेर मिसन भिजन बनाउने, चर्च खोल्ने तर प्रभूमा भरोसा नगर्नेहरू येशूको नाममा फाइदा कमाउन चाहने वा अवसरकोलागि पास्टर भएका अपरिपक्व सेवकहरू हुन् ।
सेवाकाइको लागि भनेर चर्च खोलेर सेवा गरिरहेकाहरू पास्टरहरूले रूपैया पैसाको पछि लागेर सुख सुविधा र आरामको जीवन निर्वाह गर्न डिभी भरेर अमेरिका पुगेका कारण नेपाली चर्च अलपत्र भएका केहि घटनाहरू पनि छन् । प्रभूको सेवक पास्टर भएर डिभी चिठ्ठा भर्नु भनेको सरासर चर्चमाथिको धोका र खेलवार्ड हो । प्रभूमाथिको अविश्वास हो । नयाँ गरेर जन्मिएको व्यक्तिले आफूलाई इन्कार गरेर, क्रूस उठाएर येशूको पछि लाग्नुपर्ने हुन्छ । तर रूपैया पैसा, सुखी जीवन , अवसर खोजिमा लाग्नेहरू अयोग्य हुन सक्छ ।
सेवाकाइ गरेर बसेको व्यक्तिलाइ डिभी चिठ्ठा पर्यो भने चर्चलाइ र सेवाकाइलाइ छोडेर अमेरिका जान तयार हुनु भनेको गम्भिर विषय हो । यस्ताहरूले माैका र फाइदा पायो भने चर्च र विश्वासीहरू पनि बेचिदिन सक्छ । यसैबाट प्रस्ट हुन्छ त्यस्ताहरू अवसरकोलागि पास्टर भएका सेवकहरू नै हुन । जसले माैका र अवसरकोलागि सेवाकाइ छोड्न सक्छ भने सेवाकाइ कसरी फलवन्त हुन सक्छ ? यो त येशूसंगै हिड्ने, येशूको वचन सुन्ने तर आफुलाइ बदल्न नचाहने यहूदा इस्करियोत जस्तै हुन्छ । माैका र फाइदाकोलागि येशूलाइ बेचिदिनेसंग तुलना गर्न मिल्छ । एक तिर “सम्पूर्ण जीवन मेरो प्रभु तपाईंकै हो, राज गर्नुहोस् सदा तपाईंको पूर्ण होस् इच्छा ” भनेर भजन गाउने अर्को तिर DV भर्ने यो भनाइसंगै गराइको तालमेल नमिलेर अविश्वासको प्रटक भएको अवस्था हो।
एउटा प्रभूको सेवक र दास भएर पास्टरिय सेवाकाइमा लागेको व्यक्तिहरूले डिभी भर्नु भनेको चर्च प्रतिको बेइमानी हो । सेवाकाइ सुरू गर्ने बेलामा नेपालभरी सेवाकाइ गर्ने भनेर मिसन भिजन बनाउने, चर्च खोल्ने तर प्रभूमा भरोसा नगर्नेहरू येशूको नाममा फाइदा कमाउन चाहने वा अवसरकोलागि पास्टर भएका अपरिपक्व सेवकहरू हुन् । यस्ताहरूले माैका र फाइदा पायो भने चर्च र विश्वासीहरू पनि बेचिदिन सक्छ ।
प्रिय मण्डली, सिजन अनुसार भिजन चेन्ज गर्ने होइन तर हाम्रो जीवनमा उहाँको इच्छा र योजना खोजि गराैं । उहाँको इच्छा पुरा गर्नु नै हाम्रो काम हो । येशूमा दुख भोग गर्दै सम्पूर्ण जीवन नै जिउँदो बलिको रूपमा उहाँलाइ समर्पण गर्दै सबै परिस्थितिमा उहाँमा भरोसा गरेर आउनेवाला जीवनकोलागि तयार गर्नु नै ख्रिष्टियन जीवन हो । (रोमी 12:1-2 ) (१ पत्रुस १ अध्याय) म ख्रिष्ट सङ्गै क्रुसमा टागिएको छु अब उप्रान्त जिउने म होइन तर ख्रिष्ट ममा जिउनु हुन्छ जुन जीवन शरिरमा म अहिले जिउछु त्यो परमेश्ररका पुत्रमा विश्वास गरेर जिउछु । जसले मलाई प्रेम गर्नुभयो र मेरा निम्ति आफैलाई अर्पण गर्नु भयो। – गलाती 2:20
संसारलाई वा संसारमा भएका कुनै पनि थोकलाई प्रेम नगर। यदि कुनै मानिसले संसारलाई प्रेम गर्दछ भने पिताको प्रेम त्यसमा हुँदैन। किनकि संसारमा भएका सबै थोक, अर्थात् शरीरको अभिलाषा, आँखाको अभिलाषा, जीवनको शेखी पिताबाट आएका होइनन्, तर संसारबाट आएका हुन्। संसार बितिजान्छ र त्यसको अभिलाषा पनि बितिजान्छ, तर परमेश्वरको इच्छा पूरा गर्नेचाहिँ सधैँको निम्ति रहन्छ। – १ यूहन्ना 2:16-17
तब उहाँले सबैलाई भन्नुभयो, “कोही मपछि आउने इच्छा गर्छ भने त्यसले आफूलाई इन्कार गरोस्, र दिनहुँ आफ्नो क्रूस बोकेर मेरो पछि लागोस्। – लूका 9:23
“कसैले दुई मालिकको सेवा गर्न सक्दैन। किनभने त्यसले एउटालाई घृणा गर्नेछ र अर्कालाई प्रेम गर्नेछ। अथवा त्यसले एउटाप्रति भक्ति राख्नेछ, र अर्कालाई त्यसले तुच्छ ठान्नेछ। तिमीहरूले परमेश्वर र धनको सेवा गर्न सक्दैनौ। “यसैकारण म तिमीहरूलाई भन्दछु, ‘के खाउँला, के पिउँला’ भनी आफ्नो प्राणको निम्ति र ‘के लगाउँला’ भनी आफ्नो शरीरको निम्ति फिक्री नगर।’ के जीवन खानेकुराभन्दा र शरीर लुगाफाटाभन्दा उत्तम होइन?
- मत्ती 6:24-25
ख्रीष्ट येशूका असल सिपाहीझैँ दु:ख-भोगमा हामीसँग सहभागी होऊ। सेनामा भर्ना भएको सिपाही अरू धन्धामा अल्झँदैन, किनकि उसलाई भर्ना गर्नेलाई सन्तुष्ट पार्नु नै उसको लक्ष्य हुन्छ। प्रतियोगितामा नियमबमोजिम भाग नलिएसम्म कुनै खेलाडीले पनि इनाम पाउन सक्दैन। – २ तिमोथी 2:3-5

