चितवन इसाई समुदायले बजिन्द्र सिंहको शिक्षालाई अस्वीकार गर्दै, यसलाई नेपाली इसाई मण्डलीका लागि अनुपयुक्त ठहर गरेको छ। सिंहको शिक्षाले समुदायमा भ्रम फैलाउने र मण्डलीको सिद्धान्तसँग मेल नखाने निष्कर्षमा पुग्दै, समुदायले उक्त शिक्षालाई बहिष्कार गर्ने निर्णय गरेको हो।
२०८१ साल मंसिर ५ र ६ गते चितवनमा दुई दिनको क्रुसेड आयोजना गर्ने तयारी थियो, जसका लागि सिंह र उनको टोलीलाई निम्त्याउने योजना थियो। तथापि, चितवन इसाई समुदायले यस कार्यक्रमले प्रत्यक्ष र परोक्ष रूपमा इसाई मण्डलीमा नकारात्मक असर पार्ने भन्दै, कार्यक्रमको अनुमति नदिने र सहभागी नहुने निर्णय गरेको छ
समुदायले सार्वजनिक सूचना र जानकारीमार्फत भनेको छ, “यस क्रुसेड कार्यक्रमसँग हाम्रो कुनै सहमति छैन, र चितवन इसाई समुदाय यस प्रकारको अनुचित कार्यक्रममा पूर्णरूपमा असहयोगी र अलग रहनेछ।”
यस अवसरमा, अन्य नेपाली इसाई समाजहरूलाई पनि सचेत रहन, वरिपरि भइरहेका शिक्षाहरूको सावधानीपूर्वक समीक्षा गर्न, र बाइबलीय शिक्षाको संरक्षण गर्न अनुरोध गरिएको छ।



गाेरा छालावालाहरुबाट पाेसिएका ख्रीष्टकाे नामलाई सिण्डिकेट लगाउने ब्यक्ति वा संस्थाहरु ख्रीष्टियन समुदायका लागि शत्रु हुन्।
तेहि बाईबल, उहीँ पर्मेस्वर मान्छु भन्ने अनि अरुलाई गलत भन्नेहरु साच्चिनै असल छन् त ?
परमेस्वरकाे बचन पालक एकले अर्कालाई गलत भन्छन् भने के तिनिहरु पर्मेस्वर भन्दा पनि महानहुन् जसले अरुकाे न्याय गरून् ?
सकिन्छ समर्थन गराै सकिन्न बिराेध नगरुम,,
कसले भन्याे क्रुसेड भनेर?
प्रि-ख्रिष्टमस कार्यक्रममा उत्साहकाे वचन र नेपालकाे निम्ति प्रार्थनाकाे लागि बजेन्द्रसिंह आउने र स्थानिय प्रशासन,सुरक्षा निकाय र विभिन्न संघ संस्थाहरुले साथ दिएका छन्।
नेपाली मण्डलिहरु बिदेशी प्रचारकहरुकाट कहिल्यै अप्ठेराेर सङ्कटमा छैन, छ त केवल नेपालका नामधारि पास्टरहरुबाट।
मण्डलिमा बिस्वासिले दिएकाे दशांसमा भ्रस्टार गर्ने, चिहानकाे जमिन बेचि खाने, बाईबल कलेजकाे जमिन बिचिखानेहरु चाहिँ बाईबलकाे शिक्षा सहि तवरले सिकेका असल सेवक हुन्?
बिदेशीहरुलाई बाईबलिए शिक्षा बिपरितका हुन् भन्नू अघि स्वदेशी र आ-आफ्नाे चर्चका पास्टरहरुले गरेकाे गलतलाइ देखाएर तिमिहरुले शिकेकाे शिक्षा अनुसार व्यवहार मिल्याे ?? भन्न सिकाैँ। बाईबल अनुसार काेहि पनि सिद्ध छैन ।
हरेक ब्यक्तिमा असल कामकाे लागि फरक फरक बरदान हुन्छ जाे बजेन्द्र सग पनि रह्याे हाेला तर हामी माझका हाम्रै भनिएका पास्टरहरुकाे जस्ताे ठगि गर्ने बरदान देखिन्छ?
बिदेशि पास्टरले तेल,पानी बेच्याे भन्दा त्याे बाईबल बिपरितकाे शिक्षा हुन्छ भने दशांस लुट्नु,समाधिस्थलकाे जमिन बेचिखानु,बाईबल तथा स्कुलकाे जमिन बिचिखानु चाहिँ असल शिक्षा हाे? भारतका दर्जन बढि पास्टरहरु अहिलेपनि नेपाली नागरिकता लिएर नेपालमा झुटकाे खेति ( सुसमाचार) काे नाममा अबैध काम गरिरहेका छन्, यति पत्रमा नाम उल्लेख भएका मानिस पनि नागरिकता शंकास्पद छन्, के ती असल शिक्षाका शिक्षक मान्नु??
त्यसैले, अरुलाई गलत भन्नू अघि आफ्नाहरु असल बनाउनु पर्छ ।