समाचार

भोकालाइ खुवाउदा पाउछु सन्तुस्टी (“प्रभु भलो छन्) तुलसी श्रेष्ठ

Share

काठमाडौँ : मुलुकमा जारी लकडाउनका कारण देशका हरेक क्षेत्रहरू पूर्ण रूपमा प्रभावित छन् । त्यसको प्रत्यक्ष असर दैनिक ज्याला–मजदुरी गर्ने निम्न आय भएका व्यक्ति र विपन्न वर्गमा परिरहेको छ, अवस्था झनै विकराल बन्दै छ ।

लकडाउका कारण रोजगार गुमेर समस्यामा रहेका, उपत्यकामा अलपत्र परेका र विशेषगरी दैनिक गुजारा चलाउन समस्यामा परेका ज्याला–मजदुरी गर्ने, विद्यार्थी, एकल महिला, ज्येष्ठ नागरिक लगायतलाई निःशूल्क खाना खुवाउने अभियान देशका विभिन्न ठाउँमा चलिरहेको थियो भने अहिले यस कार्यलाइ सरकारले रोक लगाएको छ।

रोग भन्दा भोक ठुलो हो । भन्ने भनाइलाई पूर्णता दिइ अहिले पनि विभिन्न ठाउमा यो सेवाको कामलाइ निरन्तरता दिइरहेका छन् ।
कहिँ कत्तै कसैले व्यक्तिगत रूपमा स्वस्फुर्त गरेका छन् भने कतै संस्थागत रुपमा गरिरहेकै छन् ।

त्यस्तै काठमाडौं बौद्ध निवासी तुलसी श्रेष्ठ निःशूल्क खाना खुवाउने अभियानमा सामेल हुदै आएका छन् ।काठमाडौँको विभिन्न ठाउमा गएर भोकाहरुको अन्नदाता बनेर उनीहरुलाई पेट भरि खान खुवाएर आफु पनि सन्तुस्टी भएको बताउछन । श्रेष्ठको यस्तो माहान कार्यलाई उच्च सम्मान गर्दै विभिन्न व्यक्तित्व, मण्डली, संस्था,संचारकर्मी,राष्टिय खेलाडी साथै अत्ति लोकप्रिय गायिका अन्जु पन्तले समेत हातेमालो गर्नु भएको थियो ।उहाले सधै भन्नु हुन्छ “प्रभु भलो हुनुहुन्छ” ।

प्रतिक्रिया दिनुहोस्

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *