शालोम नेपाल – परमेश्वोरले मलाई माया गर्नुहुन्छ भनेर मैले पहिलो पटक बुझिन र म गहिरो पापमा फसेको थिएँ र मैले मेरो जीवनमा सबै आशा गुमाएको थिएँ। त्यसबेलादेखि नै मैले परमेश्वरको प्रेमको गहिराइलाई बुझ्न थालें। मैले येशूको रगत र कलवारीको पीडाको बारेमा अनि उहाँको बलिदानको बारेमा सिकें र बुझे । मेरो हृदय उहाँको सन्देश बाट टुटेको थियो। मैले आफैलाई सोचें, यसको बदलामा म के दिन सक्छु? यसको जवाफ मैले उहाँको वचनबाट पाए। यो उहाँको मेरो जीवनको लागि पहिलो आज्ञा थियो। परमेश्वोर मेरो प्रेम चाहनुहुन्थ्यो।
तपाईले परमेश्वोरलाई प्रेम गरेको परमेश्वोर चाहानुहुन्छ । यो देखि बाहेक अरु उत्तम कुरा उहाँले केहि खोज्नु भएको छैन। हुनसक्छ परमप्रभुले तपाईंको छोरा-छोरीहरूलाई बलिदान चढाउनु तपाईंलाई भन्नुभयो होला; जसरि उहाँले अब्राहामलाई भन्नु भयो यो सब प्रकियाबाट केवल उहाँ तपाईंको प्रेम चाहानुहुन्छ। के यो परमेश्वोरलाई माया गर्न गाह्रो अनुरोध हो? पत्नीको लागि आफ्नो पतिलाई प्रेम गर्नु कुनै ठुलो परिश्रम गर्नु आवश्यक छैन ? प्रेम रमाईलो छ। प्रेममा के त्यस्तो हुन्छ, जुन परमेश्वोरले हामीबाट चाहानुहुन्छ? हाम्रो प्रेमको निम्ति परमेश्वर हामीबाट के उत्तम चाहाना राख्नुहुन्छ?
त्यसैले यो बुझ्नलाई गाह्रो छैन कि परमेश्वर हामीबाट कुनै अथवा केहि अंश चाहनुहुन्छ। आखिर, उहाँ यस ब्रह्माण्डको सृष्टिकर्ता हुनुहुन्छ; वास्तवमा उहाँ यो सबैको स्वामित्वमा हुनुहुन्छ। जसरी हामी प्रेम गर्न चाहान्छौं, त्यसरी नै ईश्वरको सबैभन्दा गहिरो चाहना उसका सन्तानहरूले पनि उहाँको प्रशंसा गरून् भन्ने हो। के यति मन मानिसबाट आशा राख्नु नि धेरै हो र ?
तैले परमप्रभु आफ्ना परमेश्वोरलाई तेरो सारा हृदयले, तेरो सारा प्राणले, तेरो सारा समझले, र तेरो सारा शक्तिले प्रेम गर। मर्कुस १२:३०

