बलेफी , सिन्धुपाल्चोक २६ साउन । सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका भित्र रहेका ख्रीष्टियन समुदायको लागि भनेर मृत्यु पछिको दफनकार्य गर्न सिन्धु ईसाइ केन्द्रको पहलमा जग्गा उपलब्ध भएको हो। मृत्यु पछि दफन गर्न ख्रीष्टियन भएकै कारण धेरै सतावट खेप्नु पर्ने र ख्रीष्टियनहरुलाई राज्यले गलत तरिकाले हेरेको गुनासो गरिरहदा र लामो समयको प्रार्थना र स्थानीय सरकारसगको निरन्तर सल्लाह पछि बलेफी गाउँपालिकाले इसाईहरूको समाधिस्थल बनाउन जग्गा उपलब्ध गराएको छ।
स्थानीय सरकारको यो कदम पछि राज्यले ख्रीष्टियन समुदायहरुलाई पनि समान व्यवहार गरेकोमा गाउँपालिका का अध्यक्ष केदार क्षेत्रीज्युलाई धन्यवाद समेत दिइएको सिन्धु ईसाई केन्द्रका सचिब नारायण कार्कीले जानकारी दिए ।

अझैपनि सिन्धुपाल्चोक जिल्लाभरका ख्रीष्टियन समुदायको लागि मृत्यु पछि आवश्यक दफनको जग्गा उपलब्ध गराउन स्थानीय सरकारसग अनुरोध गर्ने कुरामा हामी प्रतिबद्ध छौ भनि सिन्धु इसाई केन्द्रका अध्यक्ष सुबास सुन्दासले बताउनु भयो ।

