308628787_3366490213631576_4868635286004923297_n
समाचार

इसाई गायिका सुस्मिता राईको निधन

Share

असौज १२ /२०७९ / हरि जिज्ञासु
इसाई गीत संगितको माध्यमद्धारा सुसमाचार र इसाई समुदायमा महत्वपूर्ण योगदान पु¥याएकी गायिका सुस्मिता राइको निधन भएको छ । डेंगुको कारण विरामी परेकी २४ वर्षीय सुस्मिता राईको आज बुधबार विहान पाटन अस्पताल ललितपुरमा उपाचरको क्रममा निधन भएको हो ।


तुवाचुङ नगरपालिका हलेसी, खोटाङमा जन्मेकी सुस्मिता राईले आफू ६ वर्षको हुँदा दृष्टि गुमाएकी थिइन । संघर्षमय जीवन विताएकी उनले इसाइ जगतमा ख्रीष्टको माया…, येशूमा रमाएर….., संसारमा यस्तै हो….., हल्यलुया माथी माथी…..लयातका गीतहरुमा स्वर दिएकी छिन् । उनले आफ्नै जीवनमा आधिर, यो जुनीमा दृष्टिविना…., हिमाल मेरो…., भोजपुर जिल्ला…, चाइनेजो …, लगायतका सेकुलर गीत पनि गाएकी छिन् । दृष्टिविहिन भएपनि गीतसंगितलाई धेरै माया गर्ने उनलाई गायक राजेशपायल राई, लगायतका अन्य गायकहरुले पनि साथ र सहयोग गरेका थिए ।


स्वरकी धनी गायिका राई भ्वाइस फर क्राइष्ट २०७३ को विजता पनि हुन् । इसाई गीत संगितलाई आफ्नो जीवनको मुख्य पेसा बनाएकी गायीका सुस्मिता राई २०७७ बैशाख २ गते सिन्दुपाल्चोकका प्रसान्त सुन्दाससँग पवित्र विवाह बन्दनमा बाँधिएकी थिइन ।
कलिलो उमेरमै निधन भएको सुस्मिता राइको १० महिनाको छोरा सुप्रिम सुन्दास छन् । उनका जीवनसाथी प्रशान्त सुन्दास र १० महिनाको छोरा सुप्रिम सुन्दास धोविघाट ललितपुरमा कोठाभाडामा बस्दै आएका थिए । गायीका सुस्मिता राईको प्राथिव शरिरलाई उनको जन्मस्थान खोटाङको हलेसीमा आज लेगेको र उतै दफन गरिने उनका आफन्त मकल बान्तवा राइले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *