वाचडग समाचार

चर्च भित्र लाजनीति – बदमासीको प्रयास

Share

ललितपुर ख्रीष्टियन समाजको अध्यक्ष. पा. सुन्दर गुरूङ र सचिव पा. डेबिट दाहालले प्रार्थना सेवाको नाममा फेरि बदमासीको प्रयास गरेका छन् । भ्याली प्रार्थना समहुको नाममा वैशाख १९ गते चेला (खुसी) चर्च ग्वार्खोमा गरिने भनिएको प्रार्थना सेवा शिर्षकमा दुइ वटा पत्रहरु प्राप्त भएको छ ।

राम प्रसाद न्याैपाने र पा.सामुएल खातीको हस्ताक्षर सहितको पत्र अनुसार नेशनल पास्टर काउन्सिल नेपाल र राष्ट्रिय ख्रीष्टियन मण्डली महासंघ नामक संस्थाले आयोजना गर्ने उक्त कार्यक्रममा प्रार्थना सभा भनी विश्वासीहरु जम्मा गरेर अतिथि माओवादी केन्द्रका नेतालाई आमन्त्रण गरिने खुल्न आएको छ।

उल्लेखित दुई संस्थाले यहि वैशाख ६ गते जारी गरिएको पत्र मार्फत माओवादी नेताको आतिथ्यमा हुने कार्यक्रममा विश्वासीहरु नआउला भनेर पुन: यहि पत्रलाई परिमार्जन गर्दै मिति समेत ( २०८१-१२-३०) झुक्याएर यहि बैशाख १९ गते कार्यक्रम गर्ने भनेर उल्लेख गरिएको छ ।


भ्याली प्रार्थना समुह नामक पत्र अनुसार ल. ख्रीष्टियन समाजको अध्यक्ष. पा. सुन्दर गुरूङ र सचिव पा. डेबिट दाहाल नै कार्यक्रमको संयोजकमा छन् । वैशाख ६ को पत्रबाट माओवादी नेतालाई अतिथिको लागि निमन्त्रणा गर्ने तर मण्डलीका विश्वासिहरुलाई भने अर्को पत्रबाट निम्तो गरिनुले प्रार्थना सभाको सेवाकाईको नियत माथि नै प्रश्न उठेको छ । ख्रीष्टियन समाजमा पदभार गरेका जिम्मेवार व्यक्तिहरूबाट यस्ता गतिविधि बारम्बार हुनु लाज शरमको कुरा हो।
तसर्थ यस्ता भ्रामक कार्यक्रममा आफ्ना विश्वासीहरुलाइ उपस्थित गराउने या नगराउने भन्ने बारेमा मण्डलीहरु सचेत रहन आग्रह छ।

प्रतिक्रिया दिनुहोस्

Share

One Reply to “चर्च भित्र लाजनीति – बदमासीको प्रयास”

  1. ख्रीष्टमसमा सुदन किराँती बाेलाएर माओवादीलाई बदनाम गराउने साथिहरुले १९ गत्ते प्रचण्डकाे बदनाम गराउने याेजना बनाएछ तर,धन्न,,
    सुमित नेपालीले जाेउने भए😁😁😁

Leave a Reply

Your email address will not be published. Required fields are marked *