
मेरो नाम चन्द्र आचार्य ( पिटर ) हो,म एक ब्राह्मण अर्थात हिन्दु धर्मको ब्राह्मण कुलको जजमानको कार्यलाई जिजुबाजे देखि नै समालदै आएको हुँदा म पनि यसरी नै मेरा पुर्बजहरूलाई साथ दिँदै अगाडी बडीरहोको सिपाही झै नै थिएँ | कता कता गरिरहेका कार्यहरू प्रति प्रश्नहरू पनि थिए तथापि जसरी जहाज तिब्रगतिमा बडदछ,त्यसरी नै आफूलाई,अगाडी बडाउने क्रममा मैले भुटानको सिमालाखा ( chukha Hydel project ) मा काम गर्दै थिएँ एक दिनको घटना मेरा कार्यलयका एक मित्रले प्रभुयेशूको सत्य घटनालाई ममा प्रकट गर्नु भयो यस्तो लाग्यो मत ठूलो गलत बाटोमा रहेछु अनि मैले कसैलाई नसोधि प्रभुयेशूलाई ग्रहण गरेँ ।
कुरो १९८८ को हो। यस्तो समयमा भुटानको आन्दोलन चलिरहेको अनि मलाई मेरै कार्यलयबाट एउटा प्रत्र आयो त्यस पत्रमा यसरी लेखिएको यिथो। “your termination from job”म काम छाडी घर आएँ ,र घरमा पनि नेपाल जाने कुरा हुँदै रहेछ, यसरी हामी सबै परिवार २ दिदीहरूलाई भुटान मै छाडी नेपालको माई खोलाको किनारमा शरण लिन पुग्यौं १९९१मा त्यहाँ आउदा विश्वासीहरू संग भेट भयो । ख्रीष्ट प्रतिको धैर्यता पाएकाछौं अनुग्रह दाई कमल सुब्बा, मेरो मित्र फिलिप थापाहरूसंग संगती सुरू भयो, यसै क्रममा दाई सामुएल खबासको कान्छो छोरा बिरामी भए र जाती नभए पछि उनी र सबै परिवारले प्रभुलाई गहर्ण गराएर हाम्रो संगती यसरी अगाडी बड्यो । यो कुरा १९९१ को हो अनि पा: N.D.Thulung द्वारा माईखोलाको दोमुखामा म दाई सामुएलको परिवार लगाएत बहिनी लिडीया परियार कृष्ण दोर्जी ,गोपीलाल खुवासको बप्तिस्मा भयो । may 17th 1991 यो चाहिँ शरणार्थी शिविरको पोहिलो बिप्तिस्मा हो। अनि मेरो जिवनमा परिक्षा आरम्भ भयो।

जब मेलै प्रभुमा बप्तिस्मा लिएको हप्ता दिन पुगेको यिथो । मलाई शरणार्थी शिविर माइधारमा मेरै छाप्रामा एक आपतकालिन बैठक जुटेको रहेछ,मलाई परिवारबाट अलग गराउनकालागि,यसरी मलाई मेरा परिवारबाट सधैंका लागि समाजले बहिष्कार गरे र म हर्क माया दर्ज़ी ( मेरी आत्मीकी बहिनी) ले मलाई उनको परिवारको हिस्सा बनाईँन र म उनकै हातले बनाएको खाना खान्थें । यसरी परिवरबाट अलग भयाै । त्यस घडि, त्यो समय म एकलै थिएँ तर पनि मलाई यस्तो लाग्दथ्यो कि म परमेश्वरमा भएर ठूलो काम गर्नेछु । यो मेरो प्रार्थना सधैं नै हुन्थ्यो | समयको आंधिवेरी हुरी बतासले गर्दा नेपालको झापा गोल्धापको शरणार्थी शिविरमा स्थानन्तरको प्रबन्ध भयो र रहँदै बस्दै जाने क्रममा १९९४ को सुरूमै सिक्किम जाने जमर्को कसेर श्रीमती र ४ महिनाको छोरो बिशाललाई लिई शरणार्थी शिविर हुँदा हुँदै पनि फेरी शरणार्थी भित्रबाट शरणार्थी बनियौं कारण मैले येशूलाई विस्वास गरेकाले ।
सिक्किमको प्रवेशले एउटा शारीरिक ताजा पन आयो किनकि त्यहाँको हावा पानी संगसंगै मेरा बन्धु मात्रै नभएर आफ्नै सन्तान सिक्किममै हुनुहुन्थ्यो, उहाँहरुको कृपा र आर्थिक सहयोगले एउटा पसल सुरू गरियो |परमेश्वरको अनुग्रह हामीबाट बाहिर देखिन सुरु भयो जसमा एक शरणार्थीबाट साउजी ! को सम्वोधन आफ्ना कानले सुन्न पाउँदा परमेश्वरलाई मन मनै धन्यबाद दिदै सम्झन्थें कि दु:खका दिन परमेश्वरले पन्साई दिइएर नया जीवन संग-संगै आनन्द र खुशी दिनु भएको छ भन्ने पनि सम्झन्थें | तर त्यो खुशी फेरी मेरो परिवारबाट खोसियो समयको छाल संगै आफ्नै सन्तानले सबै थोकहरूबाट मलाई फेरी समाजबाट दोश्रो बहिष्कारद्वारा मेरो परिवारले हाँसो भित्रबाट दु:खका आँशु झार्नु परेको थियो | जुन सुख हाम्रो हातमा आएको थियो त्यो मात्रै ६ महिनाको लागि रहेछ | सिक्किम गएको ६ महिना पछाडी ‘सड़क’ मा आउनु पर्यो । मसंग पैसाको नाउमा प पनि थिएन,यता छोरो १० महिनाको छ, के गर्ने ? यस्तो अवस्थामा | जहाँ आफ्नु भएर पनि कोहि नभएको जस्तो जंगल हुँदा हुँदै नाङ्गो बगर जस्तै हामी घर विहीन बन्यौं के गर्ने अपरिचित जग्गामा । यस्तो यो संकटकालिन अवस्थामा धेरै धेरै प्रार्थना गर्दै गयौं | सपरिवारले संगती प्रति धेरै रुचि भई परमेश्वरको नजिक कसरी जान सकिन्छ ? भन्ने विषयमा चिन्ता झन्-झन् बढ्दै गयो । प्रभुमा आगाडि बढ्ने बाटो खोज्न बिसाएनौं | यता पारिवारिक समस्याहरू जटील बन्दै गईरहेको थियो | कामको खोजीको शिलशिलामा एक जना मित्रले दिनको भारतीय ५० रूपयामा कामदारको रूपमा नियुक्ति दिनु भयो । काम चाहिँ यति सारो थियो कि जसको कल्पना पनि गर्न सकिंदैन | आफ्नै हातले खाना खानका लागि औंलाले समात्न गाह्रो भएकाले श्रीमतीले खुवाई दिनु पर्ने अवस्था भयो | कामको ज्याला आइतबार लिन जानु पर्दो रहेछ। जब म र मेरो साथी पैसा लिन बिहानीको ९ बजी गयौं |
मालिककामा हामी उपस्थित भएर हाम्रो कामको ज्याला माग्दा मालिकको उत्तरले म त्यस दिन सारै चकित मात्र होइन आँखाबाट बररै आँशु झरेका थिए । जसलाई कल्पना गर्दा अहिले पनि आँखामा आँशु ढलपल नगरी रहने सक्दैन | उसको उत्तर थियो ”तिम्रो दिनको ५० रूपया नै हो, तर ३० रू चहि हामीले तिम्रो कामबाट काटेका छौं र २० रूपया लैजाऊ कारण यो संकटकालिन तिम्रै दिनको कमाई रु ५० बाट रु ३० जम्मा गरेर बाछी किन्ने र हामी तिमीलाई हिन्दु समाजबाट बहिष्कार गर्छौं र हाम्रो स्थानलाई चोख्यौंछौं |

म मालिकको दास उसको अधिकार भित्रबाट पाएको रु २०/०० लिएर नानीलाई सम्झिएँ श्रीमतीलाई सम्झिएँ र आँखाभरि आँशुका साथमा घर फर्किएँ | म यति सारो थाकेँ, ममा बोल्ने शव्द सकिए जस्तो भयो, तेश्रो क्षेत्रबाट तेश्रो पटक गाउँ र समाजबाट बहिष्कार र तिरष्कृत हुन पुगेँ तरै पनि येशूलाई समात्ने अवसर पाएँ मित्रहरू। यसरी बहिष्कार भए पछि त्यहि मालिकसंग छ महिना अरू थप रू २० मैं काम गरेँ। यो समय १९९७ को कुरा हो, अब म होईन हामी भएका थियौं २ नानी र श्रीमान श्रीमती । जसो तसो दिन बिद्दै जाने क्रममा ६ महिना पुग्यो |
त्यो एउटा पानी नभएको पोखरीमा माछाले पानी खोजे झैं हाम्रो अवस्था छट्पट्टि रहेको थियो | ठिक जिन्ग्रिनै लागेको रुखलाई माली मलजल गर्न आए झैं मलाई national missionary security of India तर्फबाट मिसनेरीको रूपमा नियुक्ति पत्र पाएँ त्यस पछि सेवकाई सुरू भयो |
मलाई महिनाको सामान्य घरखर्च चलाउँनको निम्ति भारतीय ४००.रूपया दिइन्थ्यो | मिसीन द्रारा प्रभुको सेवाकाई गर्दै गएँ यसरी सिक्किममा लामो समय सम्म सेवकाई गर्ने एउटा अवसर प्रभुले योजना मिलाई दिनु भएको थियो | मैले प्रभु यीशूख्रिष्टलाई अपनाएकै कारण धेरै समस्याहरुले उताव-चडाव बार-बार भोग्नु परेको थियो | म र मेरो परिवारले धिरजका साथ प्रभुमा प्रार्थना,विन्ती, अनुनय विनय टक्र्याउँदै अगाडी बढ्ने शिलशिलामा कहिल्यै पछि सरेनौं सत्यलाई आत्मसात गरि आगाडी बढ्दै जाँदा साहस र बल मिल्यो | म एउटा केहि नभएको गरिबलाई प्रभुले थाम्नु भयो, उचाल्नु भयो र मेरा नानीहरुलाई अंग्रेजी स्कूल जाने बाटो खुला गरिदिनु भयो । नानीहरुले पढ्ने अवसर प्राप्त गरे प्रभुलाई धन्यबाद होस् । साथो मेरो निदेर्शककाे दया सरलाई धेरै धनयाबाद!

शिविरबाट शरणार्थिहरुलाई तेस्रो मुलुक लगिने समाचार हामीमा आए पछि सिक्किमको सेवाकाईबाट विदा लिएर अमेरिका जाने मनस्थिति बनाएर बाटो लागियो तर प्रभुको योजना अर्कै रहेछ २००८ मा नेपालको बुट्टाबारीमा अर्को २ बर्ष पुन: सेबकाईमा जुटें | बाइवल वचन अनुसार पावलले छरे, कैफसले पानी हाले,तर परमेश्वरले बडाउनु भयो ठिक त्यसरीनै त्यहाँ पनि प्रभुले काम गरेर देखाउँनु भयो कि ९ घरको विश्वसिहरुको जमातले ३२ घरको ठुलो विश्वसिहरुको समूह तयार भयो यो नै २ बर्षको अन्तरालमा प्रभुको काम गर्नु भएको हो।
२०११ मा अमरिकाको Washington Seattle मा परमेश्वरले ल्याउनु भयो ।Washington Seattle मा आए पछि नयाँ स्थान नौलो विचार दुई चार दिन अल्मल्लियौं तर त्यहाँ पनि विश्वासी प्रभुका दासहरु सेवाकाईमा जुटेको पाएँ, सुन्दै आनन्द लाग्यो यहाँ पनि नेपालि सेवाकाई हुँदो रहेछ भनेर, तर हामीले कसैलाई बाधा पु~याउँन चाहेनौं हामीले भाई डिक र रोसनसंग आपसमा सल्लाहा ग~यौं अनि प्रार्थना सहित त्यस ठाउँमा नया मण्डली स्थापना ग~यौं त्यस पछि बडो हर्सोल्लासका साथ संलग्न भयौं सेवाकाईमा | प्रभुलाई धन्यबाद होस् उहाँले हामीलाई धेरै जनहरु माझ फेरी उत्साह र उमङ्ग सहित सेवाकाई गर्न अवसर दिनु भयो |
आफू बस्दै आएको घरमा महिना पुग्न नपाउँदै Apartment manager द्वारा डलर ५५० बाट डलर ६७५ घर भाडा बढेको जानकारी पत्र हात लाग्यो त्यस बखत | हातमा रुपयाँ नभए पछि मण्डलीमा केहि मागौं भन्ने बिचार आएको भएता पनि मागेनौं किन कि हामी नयाँ थियौं त्यसैले तब एकासी हामीले परिवारमा प्रार्थना गर्न सुरू ग~यौं, हामीले भन्यो प्रभुलाई ‘ प्रभु ! हाम्रो समस्यामा, अभावमा, आपत्कालिन अवस्थामा हाम्रो सहयोगी तपाई एक मात्र परमेश्वर हामी माझ हुनुहुन्छ | प्रभु ! तपाईको बाहुलिले हामीमा देखा परेको घर भाडाको समस्यालाई ढाकी दिनु होस् प्रभु ! ढाकी दिनु होस् | मसंग पैसा छैन प्रभु ! तपाई नै मालिक अनि तपाई नै हाम्रो संरक्षक पिता हुनुहुन्छ, प्रभु जुटाई दिनु होस्, यहाँका मान्छेले मलाई, हामीलाई चिन्दैनन् तर तपाई चिन्नु हुन्छ यो परिवारलाई | म तपाईको वचन अनुसार काम गर्दैछु र गर्दै जानेछु १पत्रुस ५ः६-७ ले भने झैं परमेश्वरको शक्तिशाली हातको छत्र-छाँयामा विनम्र भएर प्रार्थना गर्दै गयौं उहाँले यो परिवारलाई उच्च पार्नु हुनेछ जब सही समय आउँनेछ । भन्ने जानेर सबै कुरो उहाँमा सुम्पिदियौं ।
अन्तमा मलाई यस्तो भन्ने आएछ कि “प्रभु ! मैले प्रत्येक महिनामा डलर ६७५ तिर्नु छ तर म तपाईलाई महिनाको $ १०० मा २ रूमको घर दिनु होस भनी मागदछु ” यो प्रार्थना १ महिना २१ दिन गरीनै रहेका थियौं तब एकासी महिनाको $ ९० मा २ रूमको घर मलाई र मेरो परिवारलाई प्रभुले दिनु भयो,उहाँ को नामको जय होस।
” ख्रीष्ट प्रतिको धैर्यता पाएकाछौं अनुग्रह ” त्यसैले प्रार्थनाद्वारा परमेश्वरबाट धेरै कुरा र सफलता प्राप्त गरेका छौं,यसरी परमेश्वरको अनुग्रह र कृपाले सबैथोक मिलेको छ,केवल प्रार्थना नै विश्वासीहरूको सफलता हो। प्रभु येशू मसिहले यसरी भन्नु भयो धैर्य गर मैले संरसारलाई जितेको छु | रात परे पछि अवस्य नै उज्यालो हुन्छ नै, प्रभूमा भरोशा गर्ने मानिसहरू धन्यका हुन। आमिन…
(पिटर इन्दु आचार्य)

