वाचडग समाचार

अमेरिकाको चर्चमा पस्दै स्कुटर बिजनेस – पास्टर अगुवा नै एजेन्ट

Share

अमेरिकामा आयो यस्तो बिजनेस
पछिल्लो समय अमेरिका लगायतका देशहरूमा एउटा नयाँ किसिमको स्कुटर बिजनेस, एलएसएससी (LSSC) र एलएसएसबी (LSSB), चर्च र मण्डलीहरूमा तीव्र गतिमा फैलिँदै गएको देखिन्छ। सुरुमा आम्दानी कम भएता पनि अहिले यस बिजनेसमा पास्टर, लिडरहरूदेखि लिएर सर्वसाधारण विश्वासीहरूसम्मको सक्रिय सहभागिता देखिएको छ । यो सहभागिता उत्साहजनक कम र चिन्ताजनक बढी देखिएको छ।


LSSC / LSSB स्कुटर बिजनेस – के हो यो ?
यो स्किम MLM (Multi Level Marketing) ढाँचामा चलेको व्यवसाय हो, जहाँ मान्छेले अन्य मानिसलाई नेटवर्कमा ल्याएर फाइदा पाउँछन्। सुरुवातमा मानिसलाई सस्तो स्कुटर वा इलेक्ट्रिक बाइकको अफर दिइन्छ र साथमा उनीहरूले अरू मानिसहरूलाई जोड्नुपर्ने हुन्छ।

मुख्य अफरहरू
सस्तो स्कुटर/बाइक खरिद “Referral Bonus” कस्ले पाउछ?

  • “Top Recruiter” लाई गाडी वा अन्य देशको यात्रा पुरस्कारकोरुपमा दिन्छन • Training events चर्च वा हलहरूमा हुन्छ ।
    पास्टरहरूले आत्मिक प्रचार गर्नुको सट्टा अब व्यापारिक प्रस्तुति गर्न थालेका छन्। धेरै स्थानमा चर्च हलहरू product promotion को ठाउँ बनेका छन्।

  • चर्चमा प्रभाव र विश्वासीहरूमा लोभ र भ्रम
    चर्चमा सेवकाई अब आत्मा जित्ने होइन, ग्राहक खोज्ने माध्यम बनिरहेको छ। पास्टरहरूबाट कल आउँछ — “प्रार्थना गर्न” होइन, “स्कुटर बिजनेसको बारेमा बुझाउन।” ‘व्यापारिक ट्रिक’ ले विश्वास र भरोसाबाट तल खस्ने यो ठूलो खतराको संकेत हो।
  • सस्तो मूल्य देखाउने तर Quantity Limited राख्ने
  • Referral मा जोड दिने
  • लिडर बनाउने सपनाको पछि लगाउने


    विश्वासीहरूको आवाज: “अब प्रार्थना होइन, प्रस्तुति हुन्छ
    “पहिला पास्टरहरू बिरामीहरूका लागि घर-घरमा गई प्रार्थना गर्नुहुन्थ्यो,” एक जना वृद्ध विश्वासी बताउँछन्, “अहिले भने उहाँहरू स्क्रिन साझेदारी गरेर बिजनेस प्लान देखाउनुहुन्छ।” चर्चहरूमा पवित्र आत्माको सन्देशभन्दा व्यवसायिक प्रस्तुतlकरणहरू चल्न थालेको कुरा धेरै विश्वासीले अनुभव गरिरहेका छन्। सिस्टमको रुपमा यस्तो छ। जहाँ जसले धेरै मानिस ल्याउँछ, उसले गाडी वा स्कुटर उपहार पाउँछ। यसले मण्डलीमा प्रतिस्पर्धा, लोभ र विभाजनको बीउ रोपिरहेको छ।

    धार्मिक चेतावनी: “ख्रीष्टबाट अलग!”
    धार्मिक अगुवाहरूका अनुसार यो प्रवृत्तिले विश्वासको जग हल्लाउने खतरा निम्त्याइरहेको छ, धेरै विश्वासीहरूलाई लाग्न थालेको छ कि मण्डली अब आत्मिक गहिराइको ठाउँ नभई, एक व्यापारिक नेटवर्कको रूपमा प्रयोग भैरहेको छ।

    आत्माको भोकलाई व्यवसायले होइन, बाइबलको सत्यले तृप्त पार्नुपर्छ
    समय बदलिँदै छ। प्रविधिको तीव्र विकास, डिजिटल माध्यमको विस्फोट, र अर्थ केन्द्रित जीवनशैलीका कारण आजको पुस्ता बिस्तारै आत्मिक जिज्ञासाबाट भौतिक प्रलोभनतिर मोडिँदैछ। यस्तो अवस्थामा, एउटा गम्भीर प्रश्न उठ्छ । के हामी नयाँ पुस्तालाई परमेश्वरतर्फ डोर्याइरहेका छौं कि पैसा र प्रोमोशनतर्फ ?

    प्रस्न : मण्डलीमा कुन दिशा तर्फ जाँदैछ ?
  • के पास्टरको भूमिका अब प्रचारक होइन, प्रमोटर बन्न थालेको हो ?
  • के चर्च अब पवित्रता र सेवाको होइन, आर्थिक लाभको केन्द्र बनिरहेको हो ?
  • के हामीले येशूको सन्देश बिर्सेर स्कुटरको पुरस्कार पछ्याइरहेका छौं त ?
    कसैले गाडी पाएको समाचारको तुलनामा, कसैले उद्धार पाएको समाचार स्वर्गमा अझ ठूलो उत्सवको कारण हुन्छ।मण्डलीहरू, अगुवाहरू, र विश्वासीहरूले आज सोच्नुपर्ने बेला आएको छ । “हामी येशूका सेवक हौं कि योजनाका एजेन्ट?”

    पैसामा होइन, आत्मिक आधारमा बलियो मण्डली निर्माण गरौं । बाइबलमा यस्तो लेखिएको छ ।

    …धनी हुने इच्‍छा गर्नेहरू परीक्षामा पर्छन्, पासोमा फस्‍छन्‌ र धेरै अर्थहीन र दुःखदायी इच्‍छाहरूमा डुब्‍छन्, जसले मानिसहरूलाई बरबादी र सर्वनाशमा डुबाउँछन्‌। किनभने रुपियाँपैसाको मोह नै सबै किसिमका खराबीको जड़ हो। पैसाको लोभमा परेर कोही-कोही विश्‍वासबाट कुमार्गतिर लागेका छन्, र धेरै पीडाले तिनीहरूका हृदय घोचेका छन्‌।
    – 1 तिमोथी 6: 9-10

    “संसारलाई वा संसारमा भएका कुनै पनि थोकलाई प्रेम नगर। यदि कुनै मानिसले संसारलाई प्रेम गर्दछ भने पिताको प्रेम त्‍यसमा हुँदैन। किनकि संसारमा भएका सबै थोक, अर्थात्‌ शरीरको अभिलाषा, आँखाको अभिलाषा, जीवनको शेखी पिताबाट आएका होइनन्, तर संसारबाट आएका हुन्‌ ” – 1 यूहन्ना 2:15–16

    “किनकि जहाँ तिम्रो धन हुन्‍छ, त्‍यहीँ तिम्रो मन पनि हुन्‍छ।” – मत्ती 6:21

    “कसैले दुई मालिकको सेवा गर्न सक्‍दैन। किनभने त्‍यसले एउटालाई घृणा गर्नेछ र अर्कालाई प्रेम गर्नेछ। अथवा त्‍यसले एउटाप्रति भक्ति राख्‍नेछ, र अर्कालाई त्‍यसले तुच्‍छ ठान्‍नेछ। तिमीहरूले परमेश्‍वर र धनको सेवा गर्न सक्‍दैनौ। – मत्ती 6:24

जब हामी सुसमाचारको साटो बिजनेस फैलाउँछौं, भने हामी स्वर्गको ढोका बन्द गरिरहेका हुन्छौं। नयाँ पुस्तालाई तान्नका लागि हामीले उनीहरूलाई सत्यतर्फ फर्काउने उदाहरण बन्नुपर्छ।

प्रतिक्रिया दिनुहोस्

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *