शालोम नेपाल : दाङ, कोरोना भाईरसको यो माहामारी अवस्था आउनु अघि सेवाको काममा गुमनाम रहेको नाम हो सोनाली पुन मगर। माहामारी आउन अगाडी बाइबल कलेजमा पढन व्यस्त रहेको उनि, अहिले समाज सेवामा व्यस्त छीन।दाङ्ग, लमही नगरपालिका वडा नम्बर ४ मा सबैले उनिको नाउ गर्वको साथ लिन्छन।

सानै देखि सेवाको भावना रहेको र उनको सेवाको काम भने काठमाण्डौको सडकमा बस्ने मानिसलाई यो माहामारी आउनुअघि देखि नै आफुले सकेको खाना बाढेर आफुलाई सेवाको कामको लागि तयार गर्दैथिन।
उनि आफ्नो प्रेरणाको श्रोत प्रभु येशु नै भएको बताउछिन, उहाले मानिस जातिलाई गर्नुभएको प्रेम र दयाको भावनालाई सम्झिदा अझै उहाको वचनद्वारा उर्जा मिलेको बताउछिन।
यो सेवाको काममा लाग्ने मन पहिले देखिने भएको हुँदा, सधै प्रभु संग रुदै पुकारेको र उहाले नै सबै जुटाईदिनु भएको हो भनि उनि बिश्वास गर्छिन।
राहत वितरण गर्दा धेरैचुनैतिहरु आएता पनि ति सबै कुराको सामना गर्दै अघिबढेको र सरकारी निकायबाट (वडा,सुरक्षाकर्मि) पनि राम्रो साथ सहयोग पाइयो उनि बताउछिन। अहिले सम्म ९ ओटा वडाको ३४६ घरलाई १ बोरा चामल, दाल, तेल, र नुनका दरले बाढिसकेको जानकारी गराइन। अनि भन्छिन आफु जस्ता युवालाई अल्छी गरेर समय खेर नफालौ, समयको सहि सदुपयोग गरौ र जीवनलाई अर्थपूर्ण बनाउन प्रभुको डर,भय र अनुशासनमा इमान्दारी बनौ र प्रभुको सेवामा लागौ।
आगामी दिनमा आफ्नो पढाइलाइ निरन्तरतादिदै, समाज सेवामा लागि रहने उनि बताउछिन । हाल एक जना बृद आमा, बुवाको लागि घर नभएकाले उहाहरुका लागि घर बनाउने अभियानमा रहेको बताउछिन।आफ्ना यी अभियानहरुमा देश, विदेशबाट सहयोग गर्नुहुने सम्पूर्ण व्यातित्व प्रति धन्यवादी हुदै आगामी दिनमा अझै यस्तै साथ र सहयोग आपेक्षा पनि गरेकिछिन।


