DSC04628
दैनिक उपासना

असल जीवनको महत्व

Share

शालोम नेपाल – आत्माले भरिएको जस्तो असल जीवन अरू जीवन हुदैन । किनकि आत्माले भरिएको जीवनमा परमेश्वोरको पूर्णता हुदछ । जसले मानवको सोचाईभन्दा बढि इश्वरीय सोचाईमा आफ्नो ध्यान लगाउदछ । जसको परमेश्वोरलाई नै खुशी पार्नु पहिलो प्राथमिकता हुन्छ।
तर आज हामि मानव पूर्ण अटेरी भै आफ्नै संसारमा रमाई रहेका छौ । परमेश्वोरलाई खोजेको जस्तो त हामि गर्छौ, तर आफ्नो हृदयमा उहालाई ठाउ दिदैनौ । यो प्रकारको जीवन फलवन्त जीवन नभई परमेश्वोरलाई समेत मन नपर्ने जीवन हो । हामीले यो विर्सनु हुदैन कि उहाले मात्र हाम्रो जीवनलाई भर्न सक्नुहुनेछ ।
आत्माले भरिपूर्ण हुनु भनेको परमेश्वोरको जीवन बाच्नु सरह हो । त्यसैले तपाई कुन जीवन जिउन रुचाउनुहुन्छ त्यो आज तपाईको हातमा छ ।

यिनी सत्यका आत्मा हुनुहुन्छ, जसलाई संसारले ग्रहण गर्न सक्दैन, किनभने संसारले उहालाई नता देख्छ न चिन्छ । तिमीहरू उहालाई चिन्छौ, किनभने उहा तिमीहरूसँग बास गर्नुहुन्छ, र उहा तिमीहरूमा रहनुहुनेछ । यूहन्ना १४:१७

प्रतिक्रिया दिनुहोस्

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *