
काठमाडौं/चण्डीगढ़ – आफैंलाई ‘प्रोफेट’ भनेर चिनाउने भारतीय नागरिक बजिन्दर सिंहमाथि हाल गम्भीर दुर्व्यवहारका आरोपहरू लागेका छन्। सार्वजनिक भएको CCTV फुटेजमा उनी आफ्नै कार्यालयमा महिला र स्टाफमाथि हिंसात्मक व्यवहार गरिरहेको देखिन्छ।
भारतीय मिडिया NDTV, Times of India लगायतले उक्त भिडियोलाई पुष्टि गर्दै समाचार प्रकाशित गरेका छन्। भिडियोमा एक महिलामाथि कडा व्यवहार, वस्तु फ्याँक्ने, थप्पड र आक्रोशपूर्ण प्रतिक्रिया देखिएको छ। सिंहमाथि एक २२ वर्षीया महिलाले यौन दुर्व्यवहार, पीछा र आपराधिक धम्की दिएको आरोपसहित पञ्जाबमा प्रहरी उजुरी दर्ता गरेकी छिन्।
यसैबीच सिंह हालसम्म प्रहरी समक्ष उपस्थित भएका छैनन् र नेपालमा लुकेको आशंका गरिएको छ।
नेपालसँग सम्बन्धित गतिविधि
बजिन्दर सिंह नेपालमा पनि ‘प्रार्थना सभा’ र ‘चंगाइ सभा’ हरूको नाममा सक्रिय थिए। उनले चितवन, टीकापुर लगायतका स्थानहरूमा चमत्कारिक उपचारको दावा गर्दै सयौं मानिसहरूलाई भेला पार्ने र प्रति व्यक्ति हजारौं रुपैयाँ उठाउने काम गरेका थिए।
स्थानीय क्रिश्चियन संस्थाहरू जस्तै Nepal National Christian Society र टीकापुर नगर इसाई समाज ले यस्ता गतिविधिहरूको कडा निन्दा गरेका छन्। उनीहरूले सार्वजनिक विज्ञप्तिहरूमार्फत सिंहको सेवा इसाई विश्वासको प्रतिनिधित्व नगर्ने भन्दै प्रस्ट पारेका छन्।
समर्थनमा रहेका मिडिया र प्रचारक

बजिन्दर सिंहमाथि नेपालका केहि मिडियाले प्रचार प्रसारमा सहयोग गरेको थियो र अहिले यति गम्भीर प्रमाणहरू र कानुनी कारबाहीका कदमहरू सार्वजनिक भइसके पनि नेपालका केहि मिडियाहरूले अझै पनि उनलाई ख्रीष्टको सेवक भनेर प्रस्तुत गरिरहेका छन्। जसले नेपाली ख्रीष्टियन समुदायमा भ्रम र द्विविधा फैलाइरहेको छ। यस्ता समर्थनले झूटा अगमवक्ताहरूलाई महिमान्वित गर्ने काम मात्र होइन, ख्रीष्टियान विश्वासको नाममा हुने ठगीलाई ढाकछोप गर्न सहयोग पुर्याइरहेको धार्मिक विश्लेषकहरूको भनाइ छ।
बजिंदर सिंहलाई नेपालमा भित्र्याउने आयोजकहरू र समुहहरू




बजिंदर सिंहलाई नेपालमा भित्र्याउने आयोजकबाट पत्रकारलाइ धम्कि
https://www.facebook.com/goodnewsTVnepal/videos/770604701815038
https://www.facebook.com/share/v/1NfKuo53sf
बाइबलको चेतावनी
ख्रीष्टियन धर्मग्रन्थ बाइबलमा झूटा अगमवक्ताहरूबाट सावधान रहन स्पष्ट चेतावनी दिइएको छ।
“प्रिय हो, जुनसुकै आत्मालाई विश्वास नगर, तर आत्माहरू परमेश्वरबाट आएका हुन् कि होइनन् भनेर तिनको जाँच गर। किनभने धेरै झूटा अगमवक्ताहरू संसारमा निस्केका छन्।” (१ यूहन्ना ४:१)
“झूटा अगमवक्ताहरूबाट होशियार रह, जो तिमीहरूमा भेडाको पहिरनमा आउँछन्, तर भित्र हिंस्रक ब्वाँसाहरू हुन्।” (मत्ती ७:१५)
