शालोम नेपाल – आज, विश्वभरि अधिक मात्रामा विभिन्न प्रकोपहरु देखिदै आइरहेको छ। आज भन्दा २००० वर्ष पहिले, येशु ख्रीष्ट का चेलाले यो प्रश्न सोधेका थिए, “हामीलाई भन्नुहोस, यी कुरा कहिले हुनेछन, र तपाईको आगमन र यस युगको अन्त्यको चिन्ह के हुनेछ” (मात्ति २४ : ३)। तब येशु ले जवाफ दिनुभयो, “तिमीहरुले युद्दहरु र युद्दहरुका हल्ला सुन्नेछौ। नघबराओ, किनकि यी हुनु आवश्यक नै छन् तर अन्त्य त त्यति नै बेला हुदैन। किनभने जातिको विरुद्दमा जाति, र राज्यको विरुद्दमा राज्य उठनेछ, र ठाउ-ठाउमा अनिकाल र भुकम्प जानेछन, तर यी सबै त प्रसववेदनाको शुरु मात्र हो” (मात्ति २४ : ६-८)। आज संसारमा जताततै त्रासको माहोल छ । एक पछि अर्को गर्दै ठुला-ठुला घटना घटिरहेका छन् भुकम्प, सुनामी, भोकमरी, लडाई एकपछि अर्को भैई रहेकाछन । र हामि सबैलाई थाहाँ छ कि सन् २०१९ को अन्तमा कोरोनाको उत्पति भयो जुन सारा संसार मा फैलिन कुनै समय लागेन। फलस्वोरूप यो वचन तयार पार्दा सम्म ३ लाख २५ हजारभन्दा बढिले ज्यान गुमाइसकेको छन् भने ५० लाख भन्दा बढि संक्रमित छन् । त्यसैले येशु ख्रीष्टको आगमनको लगभग सबै खाले घटना हाम्रो माझमा देखा परिसकेको छ।
त्यसो हो भने येशु ख्रीष्ट कसरि आउनुहुन्छ त ?
हुनसक्छ, धेरै जनाले बाईबलको यस खण्डलाई पढिसक्नु भएकोछ, “हेर उहाँ बादलहरुसाथ आउदैहुनुहुन्छ“ (प्रकाश १:७), “तिनीहरुले मानिसको पुत्रलाई आकाशका बादलहरुमा शक्ति र ठुलो महिमासाथ आइरहेको देख्नेछन” (मात्ति २४:३०)। तिनीहरू निश्चित छन् कि प्रभु बादलहरूका साथ आउनुहुनेछ। के यो एकमात्र माध्यम हो जसबाट प्रभु आउनुहुनेछ? हामीले प्रभुको आगमनको बारेमा कतै बेवास्ता पो गरिरहेकाछौ कि? धर्मशास्त्रमा परमेश्वर गोप्य रूपमा आउने बारेमा पनि भविष्यवाणीहरू छन्, “हेर, म चोरजस्तै आउनेछु” (प्रकाश १६ :१५)। “यसकारण, तिमीहरु पनि तयार रहो, किनकि मानिसको पुत्र तिमीहरुले नचिताएको बेलामा आउनेछ” (मत्ती २४ ::४४)।
धर्मशास्त्रले “चोर” भन्ने सन्दर्भले के संकेत गर्दछ भने जब प्रभु अन्तिम दिनमा आऊनुहुन्छ, उहाँ चुपचाप गोप्य रूपमा कसैलाई थाहाँ नदिई नाचिताएको बेलामा आउनुहुनेछ।
जब प्रभु आउनुहुन्छ, उहाँले के गर्नुहुन्छ?
यस बिन्दुमा, केही व्यक्तिहरु अलमल्लमा पर्न सक्छन्: यदि प्रभु आखिरी दिनहरूमा गोप्य रूपमा मानिसका बीचमा आउनुभयो भने, उहाँ बादलमा आउने भविष्यवाणी कसरी पूरा हुन्छ? त्यहाँ परमेश्वरको कामको लागि योजनाहरू छन्। आखिरी दिनमा उहाँ फर्कनुहुँदा के काम गर्नुहुन्छ भनेर हामीले अझ बढी जान्नु आवश्यक छ। प्रभु येशूले भन्नुभयो, “मैले तिमीहरुलाई भन्ने कुरा अझ धेरै छन, तर अहिले तिमीहरु ती कुरा सहन सक्दैनौ। जब उहाँ,अर्थात सत्यका आत्मा आउँनुहुनेछ, तब उहाँले तिमीहरूलाई सबै सत्यतामा डोर्याउनुहुनेछ। उहाँ आफ्नो तर्फबाट बोल्नुहुनेछैन । उहाँले जे सुन्नुहुन्छ, त्यहि बोल्नुहुनेछ, र हुन आउने कुराहरू तिमीहरूलाई घोषणा गरिदिनुहुनेछ” (यूहन्ना १६:१२-१३)। “मलाई इन्कार गर्ने र मेरा वाणी ग्रहण नगर्नेको लागि एक जना न्यायाधिश छन्। जो वचन मैले बोले त्यसैले अन्त्यको दिनमा त्यसको न्याय गर्नेछ” (यूहन्ना १२::४८)। “किनकि पिताले कसैको न्याय गर्नुहुन्न, तर सबै न्याय गर्ने काम पुत्रलाई दिनुभएको छ” (यूहन्ना ५ :२२)। बाइबलले यो पनि भन्दछ, “न्याय परमेश्वोरकै परिवारबाट सुरू हुने समय आएको छ” (१ पत्रुस ४ :१७)। पवित्र धर्मशास्त्रका यी खण्डहरूले हामीलाई बताउँछ कि आखिरी दिनमा परमेश्वरले मुख्य रूपमा परमेश्वरको घरबाट न्यायको काम पूरा गर्न बोल्नुहुन्छ।
जसले अन्तिम दिनहरूमा परमेश्वरको कार्य स्वीकार गर्दछन् उनीहरूले प्रभुको आगमनलाई स्वागत गर्दैछन् भन्ने राम्रो प्रमाण हो। आज, सर्वशक्तिमान् परमेश्वरले लाखौं शब्दहरू बोल्नुभएको छ, जस्तै मानव जातिको विकासको इतिहास, शैतानले कसरी मानिसजातिलाई भ्रष्ट बनाउँछ, परमेश्वरले कसरी मानिस जातिलाई बचाउनुहुन्छ, कस्ता व्यक्तिहरू परमेश्वरका प्रिय हुन्, जसलाई मानिसहरूले घृणा गर्छन्। यति मात्र होइन परमेश्वोरले न्याय र सजायका शब्दहरू पनि व्यक्त गर्नुभयो र हाम्रो भ्रष्ट स्वभावलाई उजागर गर्नुभयो। सबै मानिस जो न्याय र दण्ड को शब्दहरु स्वीकार गर्छन् तिनीहरु भ्रष्ट स्वभावहरूबाट सफा तर्फ़ रूपान्तरण हुनेछन्; तिनीहरू महासकष्टको अघि विजयी हुनेछन्, र अन्तमा परमेश्वरको राज्यमा प्रवेश गर्नेछन्, अनन्त आनन्दको आनन्द लिनका लागि। त्यो समयमा हरेक मानिसको कल्पनाहरुको, पर्दाफास हुनेछ । बुद्धिमति स्त्रीहरु र निबुद्धि स्त्रीहरु, असल नोकरहरू र खराब नोकरहरू, सत्यलाई प्रेम गर्नेहरू र सत्यलाई घृणा गर्नेहरू सबैको, तब परमेश्वर बादलहरूका साथ आउनुहुनेछ, पृथ्वीका सबै जातिहरू र मानिसकासाथ खुल्लमखुल्ला प्रकट हुनुहुनेछ, र राम्रोलाई प्रतिफल दिन र खराबलाई सजाय दिन थाल्नुहुनेछ, यसरि बाइबलीय भविष्यवाणीहरू पूरा गर्दै, “हेर, उहाँ बादलहरूसाथ आँउदैहुनुहुन्छ। र हरेक आखाले उहालाई देख्नेछ। तिनीहरूले पनि, जसले उहाँलाई घोचे, र पृथ्वीका सबै कुलहरूले उहाको कारण विलाप गर्नेछन”(प्रकाश १:७)। “तब मानिसको पुत्रको चिह्न आकाशमा देखा पर्नेछ, र पृथ्वीका सबै जातिहरू विलाप गर्नेछन्, र तिनीहरूले मानिसको पुत्रलाई आकाशका बादलहरूमा शक्ति र ठूलो महिमासाथ आईरहेको देख्नेछन्” (मत्ती २४ : ३०)। त्यतिबेला, सबै जसले परमेश्वरको विरोध गर्दछन्, अस्वीकार गर्छन् र निन्दा गर्छन् उनीहरूले आफ्नो छाती पिट्नेछन् र उनीहरूका दुष्कर्महरूका कारण पश्चाताप गर्नेछन। तब उक्त समयमा हामि परमेश्वरको कामबाट देख्छौं कि परमेश्वर कति धर्मी, सर्वशक्तिमान् र ज्ञानी हुनुहुन्छ।
प्रभुको आगमनको स्वागत कसरी गर्ने ?
आज, सर्वशक्तिमान परमेश्वरले ठुलो समूहलाई बचाइसक्नु भएको छ। हामीसामु हामीसँग एउटा जरुरी काम छ: हामी प्रभु येशूको पुनरागमनलाई कसरी स्वागत गर्ने र अन्तिम दिनहरूमा परमेश्वरको कामलाई कसरि स्वीकार्ने? प्रभु येशूले भन्नुभयो, “मेरा भेडाहरूले मेरो सोर सुन्छन, र तिनीहरूलाई म चिन्छु, र तिनीहरू मेरो पछि आऊछन” (यूहन्ना १०:२७)। यसको साथ-साथै यी कुरा पनि हामि बाइबलमा पाउदछौ, “जसको कान छ, त्यसले सुनोस् पवित्र आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ” (प्रकाश २:७)। सर्वशक्तिमान परमेश्वर यसो भन्नुहुन्छ: “परमेश्वरको काम एउटा ठूलो छालझैं बढ्छ। कसैले उहाँलाई रोक्न सक्दैन, न ता उहाँको कामलाई । जसले उहाँको वचन ध्यानपूर्वक सुन्दछन्, र उहाँलाई खोज्ने र तिर्खाउनेहरू, उहाँको पाइलालाई पछ्याउन सक्छन् र उहाँको वचन ग्रहण गर्न सक्दछन्। नगर्नेहरूलाई अत्यधिक प्रकोप र राम्रै दण्डको सजाय भोग्नुपर्नेछ।” के तपाईं थुमाको पाइला पछ्याउन चाहानुहुन्छ? के तपाईं प्रभुलाई स्वागत गर्न चाहनुहुन्छ? के तपाईं महासंकष्ट अघि उठाई लगिन चाहनुहुन्छ? परमेश्वरका वचनहरूले हामीलाई भन्दछन् कि यदि हामी प्रभुलाई स्वागत गर्न चाहन्छौं भने सर्वशक्तिमान् परमेश्वरद्वारा व्यक्त गरिएका वचनहरू जुन सत्य हुन त्यसलाई सुनेर विश्वास गरि पालना गर्नु पर्दछ। मलाई विश्वास छ कि यदि हामी सत्यको खोजी गर्ने र तिर्सना गर्ने नम्र हृदय भएका व्यक्ति हौ भने, प्रभुले हामीलाई चाँडै नै प्रभुको स्वागत गर्न डोर्याउनुहुनेछ!
नोट: परमेश्वरलाई धन्यवाद! के आजको यस पाठले हामीलाई प्रभुको आगमनलाई स्वागत गर्ने मार्ग देखाएको छैन र ? यस्तो समयमा जब विश्व विपत्तिले ग्रस्त छ, धेरै जना प्रभुको आगमनलाई स्वागत गरिरहेकाछन्, र उहाँबाटको हेरचाह र सुरक्षा प्राप्त गर्न चाहन्छन्। आशा छ कि तपाईले यो पाठ साथीहरु र परिवारका साथ बाँड्न सक्नुहुनेछ ताकि सबैले चाँडै नै प्रभुलाई स्वागत गर्न सक्नेछन्।




